बारा। बाराको सिमरादेखि पोखरासम्मको हवाइ भाडा व्यवस्थापन गर्न एयरलाइन्ससँग छलफल भएको गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताए । सिमरामा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले पर्यटकको आकर्षण बढाउँन सिमरा पोखरा हवाइ उडान बारे भाडाका सम्बन्धमा पुर्ण बिचार गर्ने कुरा भएको बताए ।
हालै शुरु भएको पोखरा सिमरा उडानको भाड दर महंगो भएको भन्दै सोरोकारवालहरुले गुनासो गरेपछि मन्त्री शर्माले भाडा दरमा समायोजन गर्न सकिने बताए ।
बुद्धएयरले हाल सिमरा काठमाण्डौंको लागि न्युनतम ४ हजार ७ सय र अधिकमत भाडा ७ हजार १ सय ७० निर्धारण गरेको छ ।
पर्यटन प्रवद्र्धन गर्न जागरण प्रशिक्षणको आवश्यक्ता रहेको औँल्याउँदै बारा जिल्लाको ऐतिहासिक महत्वको क्षेत्र सिम्रौनगढलाई युनेस्कोको पुरातात्विक महत्वसँग जोड्नु पर्ने कुरामा मन्त्री शर्माले जोड दिए ।
त्यस्तै कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले अबको ५ वर्षमा प्रदेश नम्बर २ ले विकासमा फड्को मार्ने बताए । उनले प्रदेश नम्बर २ पर्यटनको निकै सम्भावना बोकेको क्षेत्र भए पनि प्रचार प्रसार नभएकाले पछि परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय