निजगढ नगरपालिका वडा नम्बर ८ बजारमा रहेको तारा इन्न होटेलबाट शनिबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली नोट छाप्ने र कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको बताइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काठमाडौंबाट खटिएको प्रहरीद्वारा बिगत ७ महिना देखी उनिहरु माथि निग्रनी गर्दै आएको सीआईबी श्रोतले बताएको छ । सीआईबीले कती जनालाई प्रकाउ गरीको भने बताएको छैन । श्रोतका अनुसार कारीब ५ देखी ७ जना रहेको बताएको छ तर उनीहरुको पहिचान भने खुलाएको छैन ।
सीआईबीले हाल सम्म कती रकम बरामत गरेको खुलाएको छैन, एक अधीकारीका अनुसार बिहान ६ बजे बाट निग्रनी गरेको र कारीब १० बजे उनिहरुलाई पक्राउ गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय