काठमाडौं– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई शुक्रबार हृदयाघात भएको छ। हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो।

मुटुमा समस्या देखिएपछि उनलाई थप जाँचका लागि तीन दिनअघि दुबई लगिएको थियो। त्यही क्रममा उनलाई हृदयाघात भएपछि चिकित्सकहरूले तत्काल ओपन हार्ट सर्जरी गर्न भनेका छन्।  पारिवारिक स्रोतका अनुसार उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

#nepalsamaya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय