८३ के.जि. अवैध लागू औषध गाँजा सहित १ जना पक्राउ
बारा
प्रहरीले पूर्व पश्चिम राजमार्गको जीतपुरसिमरा उपमहानगरपालिका १६ काँठमठ जाने चोकबाट सोही पालिकाको टाङगियाबस्ति टोल बस्ने बर्ष ४१ को रुक बहादुर रुम्बालाई ८३ किलो ग्राम अवैध लागू औषध गाँजा सहित पक्राउ गरी शनिवार सार्वजनिक गरेको छ । रुम्बाले गाँजा ओसार प्रसारमा प्रयोग गरेको बा ३७ प ९६८१ नं. को मोटरसाइकल र एक थान साइकल समेत बरामद भएको जनाएको छ । सुक्रबार अपराहन्न साँढे तीन बजे रुम्बा गाँजा सहित पक्राउ परेको र अर्का एकजना फरार भएकाले उनको खोजतलास भैरहेको बाराका प्रहरी नायव निरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको जनाईको छ ।
ठूलो परिमाणमा अवैध घरेलु मदिरा तथा भट्टी नष्ट
प्रहरीले ठुलो मात्रामा मदिरा र दर्जनौं मदिरा भष्टी नष्ट गरेको छ । शनिबार विहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ चकरी , वडा नं. १८ को लामीडाँडा टोल र फेटा गाउँपालिका वडा नं.३ मा संचालनमा रहेका २९ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।
उक्त भट्टीहरुबाट प्रहरीले २ हजार लिटर तयारी मदिरा ६हजार५ सय लिटर कच्चा पदार्थ तथा मदिरा उत्पादनमा प्रयोग भएका समानहरू समेत नष्ट गरिएको प्रहरी नावय उपरिक्षक मिश्रले जानकारी दिनु भयो ।
बृहत सरसफाई कार्यक्रम सम्पन्न
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार विहान जिल्लाको महागढीमाई नगरपालिका १ मा रहेको प्रसिद्ध गढिमाई मन्दिर परिषरको सरसफाई गरिएको छ । नगरपालिका र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त आयोजना भएको कार्यक्रममा नगरप्रमुख उपेन्द्र प्रसाद यादव, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, सस्शत्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, पतञ्जली योगपिठ, स्वास्थयकर्मी, संचारकर्मी , स्थानिय जनप्रतिनीधि सर्वसाधारण लगायत ३०० बढी मानिसहरुको सहभागिता रहेको बारा प्रहरीले जनाएको छ । बृहत सरसफाई कार्यक्रम अन्तर्गत महागढीमाई मन्दिर परिषर , पोखरी तथा आसपास क्षेत्रको बृहत सरसफाई गरिएको नयाव उपरिक्ष मिश्रले जानकारी दिनुभयो ।