बारा
९ असोज २०७८
जिल्लाको कलैया उपमहानगरपालिका २६ सिस्वामहेशपुरमा रहेको क्रियटिभ यूवा क्लवले शनिबार गरेको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ४४ जनाले रगत दान गरेका छन् ।
क्लबको दोस्रो बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका यादवले यूवाहरु समाजिक संभाहक भएको बताउनु भयो । समाज परिर्वतनमा यूवाहरुको अहम् भुमिका रहने भन्र्द सृजनशिन काममा लाग्न वहाँले आग्रह गर्नुभयो । महेशपुरका यूवाहरुको सक्रियतामा उर्जा थप गर्न नगरपालिकाले भौतिक निर्माणमा १० लाख लगानी गरिदिने कार्यक्रममा घोषण समेत गर्नु भयो ।
कार्यक्रमा बारा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, प्रहरी प्रमुख उपरिक्षक दिपेन्द्र साही,शसस्त्र प्रहरी उपरिक्षक रिवनराज कर्णजित लगाय स्थानिय सामाजिक अगुवा, संघ संस्थाका प्रतिनीधि लगायतको उल्लेखिय सभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यष सुरेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटी पर्साको सहजीकरण तथा उपमहानगरपालिकाको आर्थीक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
यस्तै नगरप्रमुख राजेश राय यादवले आजै सोही पालिकाको वडा नं.२४ मा रहेको श्री नेरामावी मनहर्वाको ४ कोठे भवनको उद्घाटन समेत गर्नु भएको छ । संघिय सरकारको ३७ लाखको लागतमा बनेको विद्यालय भवन नगरप्रमुख यादवले रिबन काटेर उद्घाटन गर्नु भएको हो ।
सोही अवसरमा उक्त विद्यालयले वडा नं.२४ को २० लाख रुपैंयाको लागतमा निर्माण गरेको अर्को दुईकोठे भवनको वडाअध्यक्ष हरिलाल चौधरीले मेयर यादवको उपस्थीतीमा उद्घाटन् गर्नु भयो । भवन उद्घाटनका लागि विद्यालय परिषरमा भब्य कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा विगतमा विद्यालय निर्माण तथा संचालन योगदान गर्ने आधादर्जनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामदयाद प्रसाद चौधरी, कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख प्रलाहद वर्णवाल, वडा नं.२ लालबाबु प्रसाद यादव विद्यालय ब्यवस्थापनि समितिका पद्यादीकारी एवं अविभावक विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको थियो ।