काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । उसले ६ मन्त्रालय पाउँदैछ । नेकपा एसबाट मन्त्री बन्नेहरुमा नेकपा एमाले अध्यक्ष ओलीका चर्को आलोचकहरुको संख्या अधिक छ । भने ओलि सरकारमा रहेका र पार्टि फूटको अन्तीम समयमा नयाँपार्टी प्रवेश गरेका समेतले अवसर पाउने भएका छन् ।
स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो तर्फबाट सूची बुझाएका हुन् ।अध्यादेश फिर्ता लिएर गर्न लागिएको सरकार विस्तारमा नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।
बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।
आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरिरहेको छ ।
माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिँदै चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय