सिमरा,बारा
११ असोज २०७८
अबैध घरेलु मदिराको उत्पादन विक्रि वितरण र ओपास पसारका कारण जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका बदनाम भैरहेको छ । शनिबार र सोमबार मात्रै प्रहरीले उपमहानगरपालिकाको वडा नं. १८ र २२ बाट ठुलो परिमाणमा अबैध मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट ग¥यो । ती वडाहरुको लामिडाँडा, माथ्लो बडहर्वा र चकरीबाट प्रहरीले ४ हजार लिटर तयारी मदिरा र अन्दाजी १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । ती स्थानका २ दर्जनबढी मदिरा भट्टी नष्ट गरेको प्रहरीले जनाएको छ
उपमहानगरपालिकाको वडा नं.१८, २२, १६ र १७ बाट प्रहरीले नियमित जसो अबैध मदिरा भटट्ी नष्ट गर्दै आएपनि उत्पादन र कारोबारमा कमि नआएकोमा प्रहरी प्रशासन नै आजित बनेको छ । वडा नं.१८ को बडहर्वा, लामिडाँडा, पसाटोल अबैध मदिराका कारण जिल्लाभरी वदनाम छ । त्यस्तै वडा नं.२२ को चकरी, अमलेखगजं, १६ को महेन्द्रनगर, डकाह र वडा नं. १७ को रामनगर, रघुनाथपुर अनी जैतापुर घरेलु मदिरा उत्पादन हुने मुख्य क्षेत्र हुन् । यहाँका धेरैलेले अबैध घरेलु मदिरा उत्पादन, ओसार पसार र विक्रि वितरणलाई मुख्यपेशा बनाएको बुझिएको प्रहरीले बतायो ।
घरैपच्छिे मदिरा उत्पादन गर्न लगाउने र निश्चीत ब्यक्तिले संकलन गरी दैनिक हजारौ. लिटर जिल्लाको सदरमुकाम कलैया हुँदै भारतिय सिमाका गाउँहरु सम्म पु¥याउने गर्दै आएका छन् । यसरी मदिराको कारोबारलाई बढावा दिन प्रहरी प्रशासनका केही कर्मचारी प्रहलोभनमा पर्ने काम हुँदै आएको प्रहरी अधिकारीहरुनै बताउँछन् ।
पछिल्लो समय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साहीले अबैध मदिरा उत्पादन ओसार पसारमा कडाई गर्न निर्देशन दिनु भएको छ । अबैध मदिरा कारोबारीहरुसँग अनुचित लाभ लिने र अबैध कारोबारमा प्रसय दिने काम प्रहरी अधिकारीबाटै भएको पाईए त्यस्ता प्रहरीलाई कडा कार्वाही हुने बताउनु भएको र वहाँकै निर्देशनपछी आक्रमक रुपमा अबैध मरिदा भट्टी नष्ट गर्न थालिएको बुझिएको छ ।
केहीदिन यता अबैध मदिरा उत्पादन विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले जिल्लाका धेरै स्थानमा एकसाथ घरेलु मदिरा उत्पादनका विरुद्ध कार्वाही गरिरहेको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, प्रसौनी तथा फेटा गाउँपालिकाबाट मात्रै एकसातामा मात्रै करिब ५० हजार लिटर घरेलु मदिरा , सोही परिमाणमा कच्चा पर्दाथ सहित एकसयको हाराहारीमा मदिरा उत्पनदन गर्ने भट्टी नष्ट गरेको जनाएको छ । सबैभन्दा बढी जिल्लाको जितपुरसिमराबाट प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टी तथा कच्चा पदार्थ र मदिरा नष्ट गरेको हो ।
गत शरिबार जितपुरसिमरा उपमहानगरपालिको वडा नं.१८को लामीडाँडा र २२ को चकरीमा संचालित २९ वटा अबैध घरेलु मरिदा भट्टीबाट २ हजार लिटर तयारी मदिरा र ६हजार ५ सय लिटर कच्चा पदार्थ नष्ट गरेको थियो ।

फोटोमा ःसोमबार प्रहरीले लामिडाँडामा नष्ट गरेको अबैध मदिरा बनाउने कच्चा पदार्थ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय