बारा
पोखरीमा डुबेर ५ बर्षिया बालिकाको  मृत्यु भएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं.१ ढाटटोल बस्ने जितन मुखियाकी अन्दाजी ५ बर्षकी छोरी सुमन कुमारीको बुधबार साँझ ५ः३० बजेको समयमा पोखरीमा डुबेर मृत्यु भएको हो ।
अन्य महिलाहरुको समुहमा जितिया पर्वको पूजा गर्न पोखरीमा गएकी आफ्नी आमासंगै गएका बेला उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानिय हेमचन्द्र कलवारको पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो ।
पोखरीमा डुबेकी बालिकाको तत्काल उद्दारगरी उपचारको लागी नगर अस्पताल सिम्रौनगढ तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृतक बालिकाको शव नगर अस्पताल सिम्रौनगढमा रहेको प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले जानकारी दिनु भयो ।
घटनाको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक दिपक सुबेदीको टोली मार्फत मुचुल्का गरी थप अनुसन्धान कार्यभैरहेको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट २ किलो मीटर दक्षिणमा रहेको वहाँले बताउनु भयो ।
मंगलबार मात्रै जितपुरसिमरा १५ डुमरवान नजिकै बेङाई पैनीको बाँधमा पौडीखेल्ले क्रममा डुबेर सिमराका ४३ बर्षिय भगवान काजी कार्कीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय