मनहर्वा,बारा
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकरी संस्था लिमिटेड मनहर्वाको १९ औं बार्षिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको छ । असोज १५ गते सुक्रबारका दिन कलैया उपमहानगरपालिका वडा नं.२ दोहरी स्थीत अमर मा.वि. परिषरमा विहान ११ बजेबाट सभा सुरु हुने संस्थाले जनाएको छ ।
कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव प्रमुख रहनु हुने कार्यक्रमका अवसरमा संस्थाले गत महिनाबाट संचालनमा ल्याएको दुग्ध चिस्यान केन्द्रकोे उद्घाटन गर्ने कार्यक्रम समेत रहेको जनाएको छ ।
२ हजार ४ सयबढी साना किसान परिवारका महिला सदस्यहरु आवद्ध संस्थाले जिल्लाको जितपुरसिमराका १७,१८ त्यस्तै कलैया उपमहानगरपालिकाको १,२,४ १६,२४,२६ नं.वडाहरुमा आफ्नो सेवा संचालन गर्दै आएको जनाएको छ । सहुलियत कृषि कर्जा प्रदान गरी कृषि उत्पादनमा जोड दिँदै आएको संस्थाले कृषि पसल, दुग्ध चिस्यान केन्द्र संचालन समेत गर्दै आएको छ । यसका अलावा सदस्यहरुका विच बचत तथा ऋण कारोबार, सहकारी शिक्षा, कृषिसँग सम्बन्धीत विभिन्न सिपमुलक तालिम कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ ।
करिव ४४ करोडको कारोबार गर्दै आएको संस्थाले साधारणसभाबाट सदस्यहरुमा १५ प्रतिशतका दरले शेयर लाभाशं वितरण गर्ने निर्णय गर्ने भएको छ । संस्थाले सभाको अवसर जेष्ठ नागरिक,असाय अपाङ्ग, उत्कृष्ठ ब्यवसायी एवं कारोबारकर्ता, कर्मचारी र पत्रकारलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।
संस्थाले बार्षिक गतिविधि र आगामी कार्यक्रम समेटर बार्षिक प्रतिवेदन पुस्तक समेत छपाई गरेको छ । संस्थामा हाल स्थानिय २० जना यूवाले प्रत्यक्ष रोजगारी पाएको वहाँले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti