पुष्पराज खतिवडा
बारा
१५ असोज २०७८
निजगढ नगरपालिका वडा नं. ७ का ८६ बर्षिय नरहरि श्रेष्ठको परिवार गत बुधबार अपराहन्न तीनछक्क प¥यो । छक्क नपरोस पनि किन ? ४२ बर्ष अघिको उधारो तिर्न मान्छे घर खोज्दै आएपछि । २०३६ सालमा निजगढ बस्दा ३ पाथी विउको तोरी १५ रुपैंयामा उधारो लगको र सो बाँकी पैसा तीर्न एकजना वृद्ध आउनु भएको थियो । धेरै पुरानो बाँकी पैसा तीर्न आएको भन्दै ७६ बर्षिय वृद्ध पवन न्यौपाने आउनु भएको थियो । वहाँका ब्यवहारले श्रेष्ठ परिवार चकित परेको हो ।
नरहरी श्रेष्ठका छोरा प्रकाशका अनुसार पहिला निजगढमै घर भएका बेला तोरी लगेको बताउने न्यौपानेको परिवार अहिले लामो समयदेखी मकवानपुरको हेटौंडा स्थीत थानाभ¥याङ्गमा बस्दै आएकोेछ । वृद्ध न्यौपानेले उधारो बाँकी थियो भन्दै १ हजार ५ सय रुपैंया जबरजस्ती बुवालाई दिएर जानुभयो । हामी छक्क परेका छौं । सपना जस्तो लागिरहेको छ, प्रकाशले सुनाउनु भयो ।
२०३६÷०३७ सालमा नरहरी साउजीको पसलबाट ५ रुपैंयाका दरमा ३ पाथी तोरी लगेको थिँए । तीर्न नपाएको स्मरण गर्दै न्यौपानेले अहिले सो पैसा तीर्न आफु हेटौंडाबाटै आएको बताउनु भयो । जबरजस्ती बुवाको हातमा एकहजार र पाँचसयको दुईवटा नोटबाट एकहजार पाँचसय रुपैंया बुझाउनु भएका न्यौपानेले पुरोनो उधारो तिर्नै भनेर निजगढ आएको बताउनु भएको थियो । पैसा बुझाएर केही बेर गफ गरेपछि पूनः बस चढेर वहाँ हेटौंडा तर्फनै जानु भयोे नरहरीकी छोरी अर्थात प्रकाशकी बहिनी अन्जीताले बताउनु भयो ।
न्यौपाने वाले भनेको समयमा हाम्रो बुवाले किराना पसल संचालन गर्नु भएको थियो अरे । १५० रुपैंयामा किराना पसल सुरुगर्नु भएका बुवाले पसलबाट किराना सामान सहित अन्न, दाल ,तोरी समेतको खरिद विक्रि गरेको गरेको सुनाउनु हुन्थ्यो । त्यतिबेला विरगजंंबाट किराना सामान ल्याएर विक्रि गरिन्थ्यो अरे, प्रकाशले भन्नु भयो ।
न्यौपाने वाको कुराले होलापनिकी भन्ने लाग्यो । तर छोड्दिनु धेरै पहिलाको कुरा रैछ । सम्झना समेत नभएको पैसा लिनुहुन्न भन्दा पनि वहाँले मान्नु भएन प्रकाशले सुनाउनु भयो । मेरा बुवा ८६ बर्षको हुनु भयो । वहाँ अहिले नसा सम्बन्धी समस्याले ग्रस्त हुनुहुन्छ । धेरैकुरा वहाँलाई याद छैन । हामीलाईत झन थाहा हुने कुरै भएन प्रकाशले भन्नु भयो । बुवाले न्यौपाने वालाई पर्दैन पर्दैन लिन्न भन्दापनि ऋण तिरेर मर्ने धोको पुरागर्न दिनु भन्दै अनुरोध गर्न थालेपछि बाध्यभएर पैसा समाउनु परेको थियो, प्रकाशले सुनाउनु भयो ।
काभ्रे जिल्लाको दाप्चाबाट तराई झरेको हाम्रो परिवार लाल,रतनपुर, बागदेव हुँदै निजगढमा सरेर स्थायी रुपमा बस्दै आएको हो । २०२८ साल देखी बुवाले पसल गर्दै आउनु भएको रहेछ । आजपनि हाम्रो घरमा पसल छ । तर किराना पसल भने धेरैअघिबाट छाडेका छौं । अहिले टेलीभिजन विक्रि गछौं वहाँले भन्नु भयो ।
जवरजस्ती पुरानो बाँकी तिर्न आएका वृद्धको ईमान्दारीतालाई लिएर प्रकाशले आफ्नो फेसबुकमा स्टाटसनै लेखेर पोष्ट गर्नुभएको छ । प्रकाश लेख्नुहुन्छ , “०३६ तिर निजगढ बस्ने हाल हेटौंडा थानाभ¥याङ्ग बसोबार गर्ने पवन नेउपाने नाम गरेका ब्यक्तिले ३६,३७ सालतिर बुवासँग रु१५ रुपैंयामा लगेको तीन पाथी वीउको तोरी बाँकी लगेको भन्दै आज एक्कासी स्वयम् उपस्थीत भै १५ सय रुपैंया मेरो बुवालाई भेटेर खुशीसाथ दिनुभयो । अचम्म लाग्यो अहिलेको जमानामा पनि यस्ता सम्मानित ब्यक्ति रहेछन् । हार्दिक नमन् । ”