पुष्पराज खतिवडा
मनहर्वा,बारा
१५ असोज २०७८
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकरी संस्था लिमिटेड मनहर्वा बाराको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सुक्रबार कलैया उपमहानगरपालिका वडा नं.२ दोहरी स्थीत अमर मा.वि. परिषरमा सम्पन्न सभाले आफ्ना सदस्यहरुलाई १५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।
कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवले उद्घाटन गर्ने गरी तय भएको कार्यक्रममा यादव विशेष कारण उपस्थित हुन सक्ने भएपछि साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी समेत रहनु भएका संघ अध्यक्ष सहनीले सहकारी अभियालले उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । कृषि उत्पादनलाई बढावा दिँदै यसको बजारीकरणमा कृषि सहकरीहरु लाग्नु पर्ने र त्यसका लागि राज्यको सहयोग जरुरी हुने बताउनु भयो । सरकार र सहकारी मिले मात्रै गरिवी निवारण र ग्रामिण अर्थतन्त्र सुधारमा योगदान पुग्ने वहाँले बताउनु भयो ।
बार्षिक साधारण सभाको अवसरमा संस्थाले गत महिनाबाट संचालनमा ल्याएको दुग्ध चिस्यान केन्द्रकोे उद्घाटन गर्ने प्रमुख अतिथी समेत रहनुभएको सहनीले आजै उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारको ६ लाख रुपैंया र संस्थाको करिब १० को लागतमा चिस्यान केन्द्र संचालनमा आएको संस्थाले जनाएकोे छ ।
२ हजार ४ सयबढी साना किसान परिवारका महिला सदस्यहरु आवद्ध संस्थाले जिल्लाको जितपुरसिमराका १७,१८ त्यस्तै कलैया उपमहानगरपालिकाको १, २, ४, १६, २४, २६ र २७ नं.वडाहरुमा आफ्नो सेवा संचालन गर्दै आएको जनाएको छ । सहुलियत कृषि कर्जा प्रदान गरी कृषि उत्पादनमा जोड दिँदै आएको संस्थाले कृषि पसल, दुग्ध चिस्यान केन्द्र संचालन गर्दै आएको संस्थाले सदस्यहरुका विच बचत तथा ऋण कारोबार, सहकारी शिक्षा, कृषिसँग सम्बन्धीत विभिन्न सिपमुलक तालिम कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ ।
करिव ४४ करोडको कारोबार गर्दै आएको संस्थाले साधारणसभाबाट सदस्यहरुमा १५ प्रतिशतका दरले शेयर लाभाशं वितरण गर्ने निर्णय गर्ने गरेको छ । संस्थाले सभाको अवसर जेष्ठ नागरिक,असाय अपाङ्ग, उत्कृष्ठ ब्यवसायी एवं कारोबारकर्ता, कर्मचारी र पत्रकार सहित ९ जनालाई हर्लिक्स,नगद र र दोसल्ला सहित सम्मान गरेको छ । पत्रकारीका माध्यमबाट सहकारी अभियानलाई सहयोग गरेको भन्दै बाराका पत्रकार पवन यादवलाई संस्थाले नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।
संस्थाले बार्षिक गतिविधि र आगामी कार्यक्रम समेटर बार्षिक प्रतिवेदन पुस्तक समेत छपाई गरेको छ । संस्थामा हाल स्थानिय २० जना यूवाले प्रत्यक्ष रोजगारी पाएको वहाँले बताउनु भयो ।
कार्यक्रममा कृषि संघका पधादिकारीहरु, स्थानिय समाजसेवी, कृषि ज्ञान केन्द्रका प्रतिनीधि र शेयर सदस्य सहित करिब ५ सय जनाको सहभागिता रहेको थियो ।
अध्यक्ष नयनकला खड्काले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक सुनिता सापकोटाले प्रस्तुत गर्नुभएको आन्तरिक लेखा परिक्षण प्रतिवेदन एवं बार्षिक कार्यक्रम तथा बजेट सभाबाट सुझाव सहित पारित भएको छ ।
संस्था अध्यक्ष खड्काको अध्यक्षता, संचालक समिति सदस्य शर्मिष्ठा दाहाल एवं श्यामता कुमारीको स्वागत एवं संचारकर्मी अनिल गौरवको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
फोटोमा ः साधारणसभाका गतिविधिहरु