पुष्पराज खतिवडा
बारा
१६ असोज २०७८
शुक्रबार विहान देखी भैरहेको लगातारको बर्षाले धान बालिमा कतै राहत त कतै आहत भएको छ । अलिपछि पाक्ने धान बालिका लागि बर्षाले राम्रो गरेको भएपनि यतीखेर पाकेको धानलाई समस्या बनाएको किसानहरुले बताएका छन् ।
बर्षाले कतीपय स्थानमा काटेको धान उठाउन दिएको छैन । कतै डुवानमा समेत परेको जितपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका किसान विनोद कार्कीले बताउनु भयो । काटेको र बर्षाले लडेको धान कुहिने चिन्ता बढेको छ । अहिले पाकेर काट्न थालिएका मोटाविजी प्रजातीका अगाडी पाक्ने धान किसानलाई बर्षाले दुःख दिएका वहाँले बताउनु भयो ।
यस्तै कार्तिकमा पाक्ने सोना मंसुली लगायत मसिनो प्रजातीका धानहरुका लागि पानि आवश्यक थियो बर्षाले धेरै राहत पु¥यायो, कोल्हवी नगरापालिका ८ अछामटोलका किसान शिवजी खड्काले बताउनु भयो । पानि परेर राहत भएपनि यूरिया मल नपाएकाले समस्या भएको बताउनु भयो । धानमा मल हाल्ने बेला भयो । पानिपनि प¥यो तर यूरिया मल कतै पाईएको छैन ,खड्काले गुनासो गर्नु भयो ।
जिल्लामा ६० हजार ४५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । बार्षिक २ लाख ५८ हजार ७२६ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताउनु भयो ।
वहाँका अनुसार धान उत्पादनमा बारा जिल्ला आत्मर्निभर रहेको छ । जिल्ला बासिलाई १ लाख ३१ हजार ७३४ मेट्रिक टनले बर्षभरी खान पुग्छ भने १ लाख २६ हजार ९९४ मेट्रिक टन बढी हुने गरेको ज्ञान केन्द्र प्रमुख यादवले भन्नु भयो ।
धानको राष्ट्रिय उत्पादकत्व ३ दशमलव ५ रहेकोमा बारा जिल्लाको मात्रै ४ दशमलव २८ प्रतिशत रहेको वहांँले बताउनु भयो । जिल्लामा चैते, भदैया र अघनी धानको खेती हुने गरेको छ ।
जिल्लाको कुल १ लाख २९हजार ५६३ हेक्टर खेतीयोग्य जमिनको ५४प्रतिशत जमिनमा खेती हुने गरेको छ । ६९ हजार ९६३ हेक्टर खेतीयोग्य जमिनमा ६२ हजार ८२८ हेक्टरमा कृषि उत्पादन हुन्छ ।
गण्डक नहरले बर्षमा दुईतिन पटक दिने पानिलाई आधार मान्दा यहाँको ७० प्रतिशत जमिनमा सिंचाईको ब्यवस्था छ । भने ३० प्रतिशत जमिनमा आकाशकै भर पर्नुपर्ने बाध्यता रहेको छ । गण्डक नहर बाहेक यहाँका जमिन वाडिङ्ग पम्पीङ्गसेट,कलो जरुवा र खोलाको पानीमा भरपर्दा ५० प्रतिशत मात्रै जमिनमा लागएको खतीले सिंचाई पाउने गरेको ज्ञान केन्द्र प्रमुख यादवले जाकारी दिनु भयो । यसबर्ष असार अघिबाटै नियमित बर्षा भएकाले धानको उत्पादन बढ्ने वहाँले बताउनु भयो ।
भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा भएको हो । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित आगमी सोमबार सम्म हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
फोटामा ःबर्षा कारण ढलेको धान , काटेको डुवानमा परेको र बर्षा आवश्यक भएको बालि ।