बारा
१८ असोज २०७८
जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाल सरकारले संचालन गरेको स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । गतबर्षबाट दर्ता सहयोगि नियूक्त गर्ने लगायत विभिन्न प्रकृया पुरा गरेको विमा कार्यक्रमले २०७८ असोज महिनाबाट उपमहानगरपालिकामा सदस्यता दर्ता सुरेको हो । उपमहानगरपालिकाले २४ वटै वडाबाट एकैसाथ कार्यक्रमको सुरुवात गरेको जनाएको छ । वडा नं.१८ मा शनिबार अध्यक्ष अर्जुन प्रसाद दाहाल परिवारको सदस्यता दर्ता गरेसँगै कार्यक्रम सुरु गरिएको स्वास्थ्य विमा दर्ता सहयोगि सुनीता अधिकारीले जानकारी दिनुभयो ।
पाँचजना सम्मको एक परिवारले कार्यक्रममा सहभागि हुन बार्षिक ३ हजार ५ सय मात्र योगदान रकम तिर्नु पर्ने छ । ५ जना भन्दा माथीको परिवारको हकमा प्रति ब्यक्ति ७ सय रुपैंया थप योगदान गर्नुपर्ने छ ।
योगदान रकम जम्मा गरेपछि पाँचजना सम्मको परिवारलाई स्वास्थ्य विमा मार्फत बार्षिक १ लाख सम्मको उपचार सुविधा दिने सरकारले जनाएको छ । सदस्यता लिएका योगदान कर्ताहरुलाई सरकारले ओ.पि.डी. सेवा,ईमर्जेन्सी सेवा, अस्पताल भर्ना सेवा, एक्स रे ,ईसिजी, भिडियो एक्स रे, एम.आर. आई ,सिटी स्क्यान, रगत जाँच सेवा उपलब्ध हुने अधिकारीले बताउनु भयो ।
जिल्लामा सिम्रौनगढ नगरपालिका बाहेकका १५ पालिकामा कार्यक्रम सुरु भएको स्वास्थ विमा जिल्ला समन्वय समितिका प्रमुख रुस्तम अंसारीले बताउनु भयो । वहाँका प्राविधि कारण सिम्रोनगढ छुटेको छ । दशैंपछि सायद त्यहाँपनि सुरु होला ।
स्वास्थ्य विमा अन्तरगत सरकारले निःशुल्क वितरण तथा सुचिकृत गरेका औषधीहरु दिने छ । एपेन्डीस, पत्थरी सहितका विभिन्न साना ठुलो अप्रेसनसँगै कार्यक्रमले तोके बमोजिम मुल्यको चस्मा श्रवणयन्त्र, सेतोछडी बैशाखी स्वास्थ्य विमा सुविधामा पाईने नेपाल सरकार स्वास्थ्य विमा बोर्डले जनाएको छ ।
विमा अन्तरगतको सुविधा लिन विमा बोर्डसँग सम्झौता गरेका वा सुचिकृत सरकारी वा जुनसुकैै स्वास्थ्य संस्थाबाट उपचार सुविधा पाईने जनाईएको छ । स्वास्थ्य विमाको सदस्यता लिँदा नजिकको प्राथमिक स्वास्थ्य संस्थालाई प्रथम विन्दु बनाउनु पर्ने समन्वय प्रमुख अंसारीले बताउनु भयो । बारा जिल्लाका सिमरा, कोल्हवी, जगंभवानिपुर, हर्दिया प्रसुरापुर, निजगढ प्राथमिक स्वास्थ्य संस्था र जिल्ला अस्पताल कलैयासँग बोर्डले सम्झाता गरेको छ । यी मध्य कुनै एक स्थानिय संस्थालाई प्रथम विन्दु राखेर सदस्यता दिन अंसारीले सुझाउनु भयो ।
स्वास्थ्य विमा योजनामा अती गरिब विपन्न,एचआईभि संक्रमित कुष्ठरोगी, अती असक्त अपाङ्गलाई सतप्रतिश छुट सविधा दिएको छ । महिला स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत योगदान रकममा छुट दिएको छ । भने ७० बर्ष कटेका जेष्ठनागरिकलाई योगदान रकम पूर्ण छुटगरी १ लाख सम्मको निःशुल्क उपचार सेवा दिने विमा बोर्डले जनाएको छ ।
थप जनाकारी चाहिमा नजिकका स्वास्थ विमा कार्यक्रमका दर्ता सहयोगी, जिल्ला समन्वय कार्यालय एवं विमा बोर्डको वेवसासाईड https://hib.gov.np/np वा पैसा नलाग्ने फोन नं.१६६० ०१ ११२२४ मा सम्पर्क गर्न सकिने अंसारीले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय