बारा
१८ असोज २०७८
बाल्टीनको पानिमा डुबेर एक नाबालिकाको ज्यान गएको छ । सोमार विहान करिब ११ बजेको समयमा कलैया उपमहानगरपालिका २० बशतपुरका मौनोदिन मियाँकी २ बर्षिया छोरी आयस खातुनको बाल्टिीनको पानिमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा खेल्ने क्रममा बाल्टिनमा राखेको पानीमा डुबेको अवस्थामा आमाले फेलापारी उपचारको लागि कलैया ल्याउने क्रममा बाटो मृत्यु भएको हो । मृतक नाबालिकाको शव जिल्ला अस्पताल कलैयामा राखिएको बाराका प्रहरी नायव निरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
एकसाता भित्रै पानिमा डुबेर ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । ज्यान गुमाउनेमा २ बालबालिका छन् । एकजना बयस्क हुन् । असोज १२ गते अपराहन्न जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना नजिकै बेङाई पैनीको बाँधमा पौडी खेल्ने क्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ सिमराका ४३ बर्षका भगवान काजी कार्कीको मृत्यु भएको थियो ।
त्यस्कै भोलीपल्ट १३ गते सिम्रौनगढ नगरपालिका वडा नं.१ ढाँटटोल बस्ने जितन मुखियाकी अन्दाजी ५ बर्षकी छोरी सुमन कुमारीको पोखरीमा डुबेर मृत्यु भयो ।
त्यस्तै गएको साउन ३० माछा पोखरीमा डुबेर कलैया उपमहानगरपालिका वडा नं.१६ पकडी स्थीत यादवको माछामा पोखरीमा डुबेर स्थानिय विरेन्द्र रामका ४ बर्षिय छोरा अभिषेक रामको मृत्य भएको थियो । भने विरेन्द्रका भाई हरेन्द्रकी छोरी ५ बर्षिया सन्जना कुमारी घाईते भएकी थिईन् । उनको उपचारपछि स्वस्थ्य सुधारमा आएको थियो ।
डुबेर ज्यान गुमाएका घटना बढ्नुको मुख्य काराण लापरवाहि भएकोे नायव उपरिक्षक मिश्रको बुझाईछ । ज्ञान भएर, ध्यान नभएर यस्ता घटना हुने गरेका छन् । बालबालिको दिनदिनै डुबेर ज्यान जानुमा अविभावकहरुको ठुलो कमजोरी देखिन्छ । बालबालिको निगरानीमा अविभावकले सावधानी अपनाउने र ठुला मानिसले हेलचेक्रयाई नगर्ने हो भने यस्ता घटामा कमी आउने मिश्रले बताउनु भयो ।
आगो ,पानि, विजुली, भिरपहरा, सडकमा हेलचेक्रयाईं गर्दा बर्षेनी सजारौंले ज्यान गुएका छन् । यस्ता ठाउँहरुमा विषेश सचेत हुनुपर्दछ वहाँले भन्नु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti