बारामा चाडबाड लक्षित शुरक्षा योजना  लागु भएको प्रहरीले जनाएको छ । चाडबाडका क्रममा हुन सक्ने चोरी डैकती लुटपाटका घटना हुन नदिन प्रहरीले चाडबाड लक्षित शुरक्षा योजना बनाएको हो ।
भिडभाड हुने स्थान, बैंक , वित्तिय संस्था, बजार क्षेत्र, सुपर मार्केट ,सुनचाँदी पसल भएको क्षेत्र , सार्वजनिक यातायातका यात्रुको शुरक्षामा चौविसै घण्टा प्रहरीले निगरानी गरिरहेको छ । जिल्लामा रहेको मौजुदा जनशक्तिलाई थप समय खटाएर जिल्ला बासिको शुरक्षामा केहीदिन अघिबाट प्रहरी परिचान भएको बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले बताउनु भयो ।
गाडी एवं मोटरसाईकल गस्ती, राजमार्गमा क्रस शुरक्षाको ब्यवस्था मिलाईएको छ । यस्तै मुख्य बजार क्षेत्रहरुमा सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको वहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय