बारा
प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२० बसडिल्वाका ४७ बर्षिय ईसराईल मिंया अंसारीलाई ११ किलो अबैध लागु औषध गाँजा सहित पक्राउ गरि सार्वजनिक गरेको छ ।
अंसारीले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजा सहित घरबाटै नियन्त्रणमा लिएको हो ।
सोमबार राती पौन एघार बजेको समयमा कानुन बमोजिम निजको घरमा खानतलासी गर्दा कोठा भित्र खाँटमुनि प्लाष्टिकको सेतो बाल्टीन र कालो ब्याग भित्र रातो प्लाष्टीकमा राखी लुकाई राखेको अवस्थामा ११ किलो अबैध लागू औषध गाँजा फेला परेको हो ।
गाँजा सहित प्रहरीले अंसारीलाई पक्राउ गरी थप अनुसन्धान गरी रहेको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।