पुष्पराज खतिवडा
२१ असोज २०७८
बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा आगामी चारबर्षका लागि पुनः यज्ञ बहादुर आलेको नेतृत्वमा १३ सदस्य संचालक समिति चयन गर्दै विहिबार सिमरामा सम्पन्न भएको छ ।
नवनिर्वाचित संचालक समितिको महिला उपाध्यक्षमा क्षमादेवी अधिकारी, उपाध्यक्षमा संजय कुमार साह, सचिवमा दिपक प्रसाद भट्ट र कोषाध्यक्षमा बरुण प्रसाद गौतम् चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा मनकुमारी खनाल, भिम खकुरेल, नारायण घिमिरे,चुणमणी गौतम्(राजु), इद्रिस मिया ,टंक घिमिरे,सिता केसी र सुनिता चौरेल चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै ३ सदस्य लेखा सुपरिक्षवेक्षण समितिको संयोजकमा रामचन्द्र पौडेल र सदस्यमा शुशिला आचार्य ,विदुर घिमिरे चयन हुनुभएको छ । संचालक समिति एवं लेखा सुपरिवेक्षण समितिको सदस्यका लागि आकांक्षीको संख्या धेरै भएपछि चयन प्रकृया विहिबार राती अबेर सम्म चलेको हो । संचालको नयाँ नेतृत्व सर्वसहमत चयनसँगै कोरोना भाईरस संक्रमणको महामारिका विच यसै महिनाको १० गतेबाट वडागत रुपमा साधारणसभा गर्दै आएको संस्थाले आज बार्षिक साधारणसभा समापन समेत गरेको छ ।
दशदिने बार्षिक साधारणसभा समापन कार्यक्रमको राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी उप्रेतीले सभालाई सम्बोधन गर्दै हातेमालो सहकारीले छोटो समयमा उल्लेखनीय काम गरेको बताउनु भयो ।
वहाँले प्रदेश नं.२ भित्र केही सहकारी राम्रा भएको सुनाउनु हुँदै समग्र सहकारी अभियान अन्य प्रदेशको तुलनामा कमजोर रहेको बताउनु भयो । यहाँका अगुवाहरुले अभियानलाई महत्वदिँन नसक्दा अभियान कमजोर देखिएको वहाँको भनाई थियो । अभियानलाई प्रभावकारी बनाउन जरुरी भएको भन्दै उप्रेतीले यहाँका सहकारी अगुवा ,सरकार र राजनैतिक दलका अगुवाहरुसँग आग्रह गर्नुभयो । सहकारी अभियान प्रभावकारी भएमात्रै समृद्ध जनता ,प्रदेश र देश समृद्ध हुने वहाँको भनाई थियो ।
यस्तै संविधानसभा सदस्य शोभाकर पराजुलीले सरकार र सहकारी मिलेर उत्पादनका क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो । अन्य मुलुकमा सहकारीले राज्यको जिम्मेवारी निर्वाह गरिरहेको सन्दर्भ केलाउँदै पराजुलले सहकारी अभियानलाई राज्यले जिम्मेवारी दिएर जवाफदेही बताउनु पर्ने बताउनु भयो । त्यसो गर्नसके मात्रै समृद्धिको यात्रा छोटो हुने र सहकारीहरु समृद्धको यात्राका सारथी बन्न सक्ने वहाँको भनाई थियो ।
कार्यक्रममा हातेमाले बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं जीतपुरसिमराको मेयर डा.कृष्ण पौडेल, प्रदेशसभा सदस्य सीता गुरुङ्ग, शोभा लामा, बचत तथा ऋण सहकारी संघ लिमिडेड(नेफस्कुन)का केन्द्रिय सदस्य हरेराम पटेल, बारा अध्यक्ष सत्यन्द्र ठाकुर, साना किसान कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनी लगायत स्थानिय सामाजिक अगुवाहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
सभाले संस्था अध्यक्षको संस्थागत प्रतिवेदन,लेखासमिति संयोजक डम्बरमणी लिम्बुको आन्तरिक लेखा शुपरिवेक्षण प्रतिवेदन एवं प्रबन्धक महेश ढुङ्गेलको प्रगती तथा आगामी बजेट र कार्यक्रम सुझाव सहित पारित गरेको छ ।
कार्यक्रम संस्था अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षता, उपाध्यक्ष शिव प्रसाद शर्मा उपाध्यायको स्वागत एवं सचिव संजय कुमार साहको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय