मनहर्वा,बारा
२२ असोज २०७८

सुर्य छेक्न खोज्ने माधव नेपालहरुको प्वाँख चाँडै जल्ने नेकपा एमाले २ नं. प्रदेश सहईन्चार्ज अच्युत मैनालीले बताउनु भएको छ । शुक्रबार लामिडाँडामा आयोजित नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका–१८, को वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता मैनालीले माधव नेपालहरुले पार्टी फुटाएर गल्ती गरेको बताउनु भयो । प्रमुख अतिथी समेत रहनु भएका मैनालीले कयौंबर्षमा गर्न नसकेका महत्वपूर्ण काम एमाले सरकारले गरेको जिकिर गर्नु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री पुरुषोत्तम् पौडलले एककृत समाजबादीका अध्यक्ष नेता नेपाललाई बाँचुल्जेल पद चाहिने अतृप्त आत्माको संज्ञा दिनु भयो । वहाँहरुको स्वार्थले केही समय पार्टीमा असहजता भएपनि सिंगो एमाले एकढिक्का रहेको बताउनु भयो ।
नेता पौडलले भन्नु भयो “काँगेस कमजोर भएको छ । बैसाखीको साहरामा छ र खोज्दै पनिछ । माओवादी र हामीसँग छुट्टीएकाहरुको के कुरा गर्नु । एक्लै चुनावमा जाने ल्याकत एमालेसँग मात्रै छ ।” एमाले निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने ईमान्दार नेता कार्यकर्ताले एमालेको साथ नछाडेको तर स्वार्थी समुह बहकिएको बताउनु भयो । बहकिएका साथीहरुलाई ढिलोचाँडो मुल प्रवाहमा फर्कन आग्रह गर्नु हुँदै नेता पौडेलले स्वार्थको आयु छोटो हुने बताउनु भयो ।
नेकपा एमाले प्रदेश २ अध्यक्ष एवं पूर्वमन्त्री ज्वाला कुमारी साहले केपी वली विश्वकै दुरदर्शी एवं शाहसी नेता भएको बताउनु भयो । नेता ओलीको भिजन, शाहस र कार्यक्रमले समृद्ध नेपाल निर्माण हुने भन्दै नेतृ साहले एमाले अध्यक्ष ओली अझै २५ बर्ष बाँच्नु पर्ने बताउनु भयो ।


कार्यक्रममा जिल्ला अध्यक्ष देवनारायण चौधरी , नेताहरु मनोज पौडेल, नारायण क्षेत्री, धुरी साह, सीता सुवेदी, राधेश्याम शिवाकोटी , ईश्वर ढकाल, मोहन लामिछाने ,हरिदेव खरेल, अनिल कुमार मैनाली , रमेश सापकोटा , बसन्त खतिवडा ,बिध्यार्थी नेता मनिष प्याकुरेल लगायतको सहभागिता थियो ।
अधिवेशनले अर्जुन प्रसाद दाहालको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ । दाहाल १८ नं. वडाका निर्वाचित वडा अध्यक्ष समेत हुन् । यस्तै एमाले वडाकमिटीको उपाध्यक्षमा गोपीकृष्ण खतिवडा,सचिवमा भरत लोप्चन, सहसचिवमा वेदनाथ न्यौपाने र पार्वती पंडित चयन भएका छन् । कमिटीको सदस्यमा राजन पौडेल,समुन्द्रराज भारती,धर्मेन्द्र पटेल,दिनेश गिरी, कुमार बहादुर लामा लगायत रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका –१८ ले दुईदर्जन एमाले अग्रज जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । कार्यक्रम एमाले वडाकमिटी अध्यक्ष हुतराज ढुंगानाको अध्यक्षता एवं निर्मल भारतीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय