बारा
२५ असोज २०७८
नेकपा एमाले प्रदेश सहईन्चार्ज अच्युत मैनालीले ओली सरकारको लोकप्रियता विरुद्धको षडयन्त्रको पर्दाफास हुनेक्रम सुरु भएको बताउनु भएको छ । नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ ले टाँगियाबस्तीमा गत शनिबार आयोजना गरेको वडा अधिवेशनलाई सम्बोधन गर्नुहुँर्दै नेता मैनालीले गजेन्द्र हमाल काण्डले सोको संकेत गरेको बताउनु भयो । ओली सरकारले गरेका जनहितका कामबाट आत्तिएकाहरुले सरकार विरुद्ध न्यायलयको दुरुपयोग गरेको आरोप लगाउनु भयो । प्रधानन्यायधिशका नातागोताकालाई भागबण्डामा सामेल गर्ने कार्यले न्यायपालिकाको गरिमा घट्नुका साथै गठबन्धनको धरातलीय यथार्थ बाहिर आएको वहाँको भनाई थियो ।
अद्यिवेशनबाट नेता हरिदेव खरेलको अध्यक्षता ६५ सदस्य वडा कमिटि सर्वसहमत चयन गरिएको छ । कार्यक्रममा प्रेम बहादुर गोले र चरिमाया तामाङ्गको नेतृत्वमा नेकपा माओवादी परित्याग गर्दै १ सय १५ जना स्थानिय प्रभावशाली माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले प्रदेश नंं.२ सहईन्चार्ज मैनालीले उद्घाटन गर्नुभएको कार्यक्रममा एमाले प्रदेश अध्यक्ष ज्वाला कुमारी साह, प्रभावशाली नेता पुरुषोत्तम पौडेल, जिल्ला अध्यक्ष देवनारायण चौधरी , नेताहरु अम्बीका चौलागाई, दिल बहादुर लामा, अध्यानन्द पाण्डे , राधेश्याम शिवाकोटी , मनोज पौडेल, नारायण क्षेत्री, धुरी साह, सीता सुवेदी, ईश्वर ढकाल, हरिदेव खरेल, अनिल कुमार मैनाली , रमेश सापकोटा, किशोर शर्मा ,पुरुषोत्तम साह, लगायतको सहभागिता थियो ।
कार्यक्रम हरिदेव खरेलको अध्यक्षता ,रमेश सापकोटाको स्वागत एवं वडा सचिव रविन्द्रराज भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय