बारा
२८ असोज
तामागढी कोहल्बी सडक खण्डमा गएराती कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको घटना स्थलमै मृत्यु भयो । बुधबार राती करिब ९ः३० बजे सो सडकखण्डको कोहल्बी नगरपालिका वडा नं.२ मा भएको दुर्घटनामा परि सोही नगरपालिका २ बस्ने ३८ बर्षिय पेमा दोर्जे घिसिङ र ४० वर्षिय डेनि स्याङ्ताङ्को घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
तामागढीबाट कोहल्बीतर्फ गईरहेको बा ११ च ४५११ नम्बरको कारले विपरित दिसाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो । सो क्रममा मोटरसाइकलमा सवार दोर्जे र डेनीको घटनास्थलमै मृत्यृ जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा परि कारमा सवार तीनजना भने घाइते भएका छन् । कारका चालक कोहल्बी २ बस्ने ४५ वर्षिय बद्री अधिकारी सामान्य घाइते भएका छन् उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारमा सवार १८ वर्षिय रोहित पंडितको टाउकोमा चोट लागेको छ । त्यसैगरी रौतहट बिजयपुर फतुवा बस्ने २५ वर्षिय विवेक चौधरीको टाउको र खुट्टामा चोट लागेको अवस्थामा स्थानिय स्वास्थ्य संस्थामा उपचारपछी घर पठाईएको प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारीदिनु भयो । मृतकहरुको शव पोष्टमार्टमको लागि कलैया अस्पताल लगिएको छ ।
दुर्घटनालाई लिएर विहिबार विहान मृतकका आफन्त सहितका स्थानियले तामागढी कोल्हबी सडकखण्डमा टायर बालेर प्रदर्शन गरे । मृतक र ठक्करदिने सवारीका धनी स्थानियनै भएकाले दुईपक्षका आफन्त बसेर समस्या समाधान गर्ने प्रयास भैरहेको प्रहरी निरिक्षक यादवले बताउनु भयो । हाल कोल्हबीको स्थीती सामान्य छ भने सवारी चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको वहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय