बारा

२९ असोज २०७८
साईत हेर्नेहरुका लागि दशैंको टिकाको साइत विहान १०ः२ जाँदा उत्तम मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार बडादशैंको टिका पूर्व पर्किएर थाप्दा राम्रो हुने भनिएको छ । २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गरिने साइत छ । देवी विर्षजनसँगै टिका खुल्ने भएपनि साईत खोजेर टिका लगाउनेहरुका लागि विजयादशमीको साइत भने बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको छ । टिका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । विजयादशमी देखी कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादका रुपमा टिका लगाउन सकिने छ । यसै विच कोरोना भाईरसस संक्रमण कायमै रहेकाले टिका थाप्दा वा लगाउँदा स्वास्थ्य शुरक्षा सावधानी अपनाउन समेत चिकित्सकहरुले सल्लाह दिएका छन् ।
असोज २१ गते बिहीबार बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत रहेको थियो । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ बजेर ५६ मिनेटमा रहेको छ । त्यस्तै असोज २५ गते सोमबार पचली भैरव यात्रा, असोज २६ गते मङ्गलबार फूलपाती परेको थियो ।
त्यस्तै असोज २७ गते बुधबार महाअष्टमी र त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ ।

त्यसैगरि पञ्चाङ्ग समितिका अनुसार असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय