२९ असोज २०७८
बारा
दशैंका बेला जथाभावी विजुली काटेर दुःख दिने काम भैरहेको छ । विजुली जथाभावि काटिँदा चाडवाडमा समस्या भैरहेको सर्वसाधारणले गुनासो गरेका छन् । चर्कोको गर्मीका विच आफन्तको हातको टीका थाप्नेहरुको भिडभाड बडेको छ । गर्मी र विद्युत अनियमिताका कारण वृद्धवृद्धा, बालबालिका सबैभन्दा वढी प्रभावित बनेका छन् ।
विजुली नभएपछि बढेको गर्मी छल्न मानिसहरु बोट विरुवाका मुनी, घरपिँडीमा सेन्डो लगाएर पसिना पुस्दै गरेका भेटिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वा ७२ बर्षिय जेष्ठनागरिक गोविन्द बहादुर बस्नेतले विधुत प्राधिकरणले मनलाग्दी विजुली काटेर दुःख दिईरहेको बताउनु भयो । “विधुतको के पारा हो , लाईन काटेरै मार्ने भयो” वहाँले गुनासो गर्नुभयो ।
एकमहिना यता अघोषित रुपमा प्राधिकरणले लोडसेडिङ्ग गरिरहेको आर्का स्थानिय गोपिकृष्ण खतिवडाले सुनाउनु भयो । विहान सबेरै , अपराहन्न र साँझको समयमा प्राविधिकरणले जथाभावि विजुली काटेर दुःख दिने गरेको छ । बढी आवश्यक पर्ने बेलामा लाईननै नहुने समस्या बढ्दै गएको वहाँले बताउनु भयो ।
चाडबाडका समयमा लाईन काटेर प्राधिकरणले नताव दिएको छ । पंखा, टिभी ,मोवाईल सेवा प्रभावित बनका छन् । फ्रिजमा राखिएका खानेकुरा विग्रिने चिन्ता बढेको स्थानिय गृहिणी कविता सापकोटाले बताउनु भयो । प्राधिकरणले यस्तो बेलामा विद्युत प्रसारण सुद्रिढ पारेर सेवादिनुको साटो छिनछिनमा विजुली काटेर लाखौं उपभोक्तालाई आहत दिएको वहाँले बताउनु भयो ।
मर्मतका क्रममा लाईन काटिने कुरा भएपनि लोडसेडिङ्ग नभएको विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका प्रमुख हरदेव गुप्ताले बताउनु भयो । अनियमित ढंगले लाइन काटिएको सर्वधारणको गुनासो प्रति प्राधिकरण गम्भीररहेको वहाँले सुनाउनु भयो । प्राधिकरण कलैया प्रमुख गुप्ताले हाल देखीएको समस्या तत्काल समस्या समाधान गर्ने तर्फ लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti