बारा
१० कार्तिक २०७८
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानन्यायधिशको बचाउ गरेका छन् ।
बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाण्डौं फर्कने क्रममा साँझ सिमरामा पत्रकारहरुसँग कुराकानी गर्दैै नेता नेपालले प्रधानन्यायधिशलाई जोडेर गलत प्रचार भएको बताए । पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले नाता सम्बन्धलाई लिएर गलत प्रचार भएको बताए ।
पाँच दलिय गठवन्धनको सरकार निर्माणमा न्यायलय प्रयोग नभएको भन्दै नेता नेपालले अनावश्यक विवाद झिकिएको बताए । प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाललाई नभएर काँग्रेसका नेतालाई प्रधानमन्त्री देउवाले मन्त्री बनाएको उनको भनाई थियो । उनले भने “प्रधानमन्त्री देउवाजीले हमाल मेरो पार्टीको कार्यकर्ता हुन भनिरहेकै छन् । ”
संसदनै भएको ब्यक्तीलाई मन्त्री बनाउने कुरा पहिलो नभएको नेता नेपालले बताए । “संसद बाहिरका ब्यक्तिलाई मन्त्री बनाउने काम केपी ओलीले गर्नहूने हामीले गर्न नहुने भन्ने कँही छैन । पहिले पनि बनाईएकै हो । केपी ओलीले पनि पछि राष्ट्रियसभा सदस्य बनाउने गरी मन्त्री बनाएकै हुन् । यो पहिलो पटक हैन ”
मानिसको उभार नेकपा एककृती समाजवादीमा देखिएको र देशका ७४ जिल्लामा कमिटी बनेको सुनाउँदै नेता नेपालले आगामी चुनावमा नेकपा एमालेलाई टर्चलाईट बालेर खोज्नु पर्ने बताए ।
काँग्रेस, माओवादी ,जसपा लगायतको पाँच दलिय गठबन्धन बलिएको रहेको र आगामी चुनाव सम्म जोगाएर लेरजान चाहेको नेता नेपालले सुनाए ।
फोटोमा ःबुधबार साँझ सिमरामा पूर्व प्रधानमन्त्री माधव नेपाल लगायत .
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti