बारा
११ कार्तिका २०७८
कृषि क्षेत्रको विकास र राष्ट्रले समृद्धी हाँसिल गर्न संघ सरकारले कुल बजेटको न्यूनतम १५ र प्रदेश सरकारले २५ प्रतिशत बजेट कृषि क्षेत्रमा लगाउनु पर्ने प्रदेश २ सरकारका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले बताउनु भएको छ ।
करैयामाई गाउँपालिका वडा नं. ५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाको ११ औं बार्षिक साधारणसभालाइ सम्बोधन गर्दै मन्त्री यादवले नाराले मात्रै समृद्धि हाँसिसल नहुने बताउनु भयो ।
प्रदेश सरकार कृषि क्षेत्रको विकासका लागि गम्भीर रहेको सुनाउनु हुँदै मन्त्री यादवले किसान समृद्ध भएमात्रै देशले समृद्धी प्राप्त गर्ने बताउनु भयो । त्यसका लागि “ प्रदेश सरकारको सानो बजेटबाट कृषि क्षेत्रको विकासमा चाहेको काम गर्न सकिने अवस्था छैन । संघिय सरकारले कृषिलाई अझै प्राथमिकता दिएको छैन ।जुन दुःखद पक्ष हो ” मन्त्री यादवले भन्नु भयो ।
राज्यको कुल आयको ७० प्रतिशत हिस्सा उपभोग गरिरहेको संघ सरकारले बार्षिक बजेटमा कृषि क्षेत्रका लागि कुल बजेटको २.६७ प्रतिशत छुट्यायो । जुन ज्यादै न्युन हो । प्रदेश सरकारले आफ्नो कुलबजेटको १२ प्रतिशत छुट्याएको भएपनि परिणाम देखिने अवस्था नरहेको कृषि मन्त्री यादवले बताउनु भयो ।

नम्रता सिंह सचिव भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय

यस्तै कार्यक्रममा सहभागी भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव नम्रता सिंहले सहकारी समानताको स्वरुप भएको बताउनुभयो । महिलालाई सक्षम र आत्मनिर्भर बनाउन सहकारी अभियानको महत्वपूर्ण भुमिका रहेको वहाँको भनाई थियो ।
कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्नुपर्ने चुनौतीका विच मल, विउ ,विषादी र सिंचाई लगायतका यावत समस्या समाधानमा मन्त्रालय गम्भिर रहेको वहाँले बताउनु भयो ।
कार्यक्रममा करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामी ,प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक रत्त कुमार झा, कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव, पशु विज्ञ केन्द्र बाराका प्रमुख शंकर साह, साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहिनी , उपाध्यक्ष कनाईलाल थारु, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा लगायतले कार्यक्रममा सम्बोधन गर्नु भएको थियो ।
२ हजार १७६ सदस्य रहेको सहकारीले करिब ३२ कोरोको कारोबार गर्दै आएको जनाएको छ । सभाको अवसरमा प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा करिब १ करोड ४५ लाख रुपैंयाको लागतमा संस्थाले संचालनमा कस्टम हायरिङ्गको समेत कृषि मन्त्री यादवले आजै रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
कस्टम हायरिङ्ग कार्यक्रम अन्तरगत संस्थाले टेक्टर, कम्बाईन मेसिन लगायतका कृषि उपकरण खरिद गरि प्रयोगमा ल्याएको संस्थाका प्रबन्धक भुपेन्द्र चौधरीले जानकारी दिनु भयो ।
कार्यक्रम संस्था अध्यक्ष कान्ती देवीको अध्यक्षता , संचालक रितु देवी चौधरीको स्वागत एवं साना किसान विकास बैंककी अधिकृत उर्मिला सुवेदीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय