
बारा
१३ कार्तिक २०७८
डिपबोरिङ्ग सहित ओभर हेडटेन्कको काम सकेको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय बाराको लापरवाहीका कारण बिसौं विगाह खेती प्रभावित बनेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–१८ माथ्लोबडहर्वामा निर्माण सम्पन्न भएको बडहर्वा खानेपानिको डिपबोरिङ्गबाट निस्कीएको पानिको उचित ब्यवस्थापन नगरिदिँँदा समस्या भएको स्थानिय किसानहरुले बताए ।
दुईबर्ष अघिनै बोरिङ्ग र ओभर हेडटेन्क निर्माण सम्पन्न भएपनि प्रयोगमा नआउँदा त्यहाँबाट निकालिएको पानिले खेती प्रभावित भएको जितपुरसिमरा उपमहानगरपालिका १८का वडासमिति सदस्य कुमार लामाले बताउनु भयो । खानेपानि आयोजनाको बोरिङ्गबाट अनियन्त्रीत तरिकाले अनावश्यक सिंचाई हुँदाा समस्या भएको वहाँले बताउनु भयो ।
खानेपानि तथा सरसफाई डिभिजन कार्यालय बाराले दुईबर्ष अघि ओभरटेन्क निर्माणसँगै बोरिङ्ग गाडेर ८ ईन्चमोटो पानि निकालेको थियो । सो पानिको उचित ब्यवस्थापन नगरिँदा स्थानिय किसानले समस्या भोग्नु परेको लामाले सुनाउनु भयो ।
निर्माणको काम सकेको कार्यालयले पाईपिङ्ग गरेर खानेपानि वितरणका लागि काम नगर्दा बोरिङ्गबाट निस्कीएको पानिले वडा नंं.१८ को बंकुल फाँटमा २० औं विगाह जमिन डुवानमा परेको स्थानिय बसन्त खतिवडाले बताउनु भयो । पाकेको धानबाली समेत मुस्कीलले निकालेका किसानहरुले मकै लगाउन पाउने अवस्था छैन । जस्ले गर्दा किसान आक्रोस बनेका छन् ,खतिवडाले सुनाउनु भयो ।
धान, मकै , तोरीमसुरो गरी बर्षमा ३ बालि गर्दै आएको धान बाहेकको बालि लगाउन नपाउने चिन्ता बढेको स्थानिय किसान पदम लामाले सुनाउनु भयो । खानेपानि आयोजनाको बोरिङ्गको पानिले दुःख दियो वहाँले भन्नु भयो । धानमा क्षेती भयो । मकै लगाउने बेलामा खेतमा घुँडाघुँडा पानि छ । थोरै खेतबारि हुने हामी जस्ता धेरै किसानको विजोक हुने भयो लामाले गुनासो गर्नु भयो ।
ओभरहेड टेन्टक निर्माणको काम सकिएको छ । पानि निस्कीएकै छ । तरपनि पाईपलाईन जडान गरि खानेपानि वितरणमा सहजीकरण गर्ने कार्य हुन सकेको छैन । कयौं पकट तागेदा गर्दापनि खानेपानि तथा सरसफाई डिभिजन कार्यालय बाराले बेवास्था गर्दै आएको बडहर्वा खानेपानि तथा सरसफाई उपभोक्ता समितिका सचिब शंकर दाहालले बताउनु भयो ।
खानेपानिका लागि तयार गरिएको बोरिङ्गबाट निस्कीएको पानिले पारेको असर र सोको ब्यवस्थापनका लागी तत्काल अनुगमन गरी काम अघिबढाउने खानेपानि तथा सरसफाई डिभिजन कार्यालय बाराका प्रमुख रविन्द्र देवले बताउनु भयो ।
फोटोमा ः जीतपुरसिमरा उपमहानगरपालिका १८को बडहर्वामा रहेको खानेपानि आयोजना ।

