पुष्पराज खतिवडा
बारा
१३ कार्तिक २०६८
गतबर्षको बैशाषमा जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वाकी फागु कुमारी सोराली रानाको घरमा वडा प्रतिनिधी पुगेर वहाँलाई घर अगाडी राखेर फोटो खिचे । घरको छाना हटाएर जस्ता लगाईदिन सरकारी कार्यक्रमका लागि भन्दै फोटो लगे । जस्ता आउने थाहा पाएर वहाँ मख्ख पर्नु भयो । फेर्नपर्ने बेला भएको घरको छानाका लागि खरपातको जोहो गर्न छाडेर बस्दा बर्षायामा परेको पानि सबै घर भित्रै पस्यो ।
नत सरकारी जस्ता आयो । नत आफैं खर काट्न पाँए । पानि पर्दा घरभित्रै छाता ओढेर बस्नु परिरहेको छ, रानाले दुखेसो गर्नु भयो । आफैंले जस्ता किनेर लाउने सामथ्य छैन चुहिएको छानो देखाउँदै वहाँले सुनाउनु भयो । सोरालीको जस्तै वडा नंं.१८ का मात्रै १ सयबढी परिवारको समस्या उस्तै बनेको छ । जस्ता आईहाल्छ खर किन काट्नु भनेर बस्ता बर्षामा बालबालिका बचाउन मुस्कील परेको अर्का स्थानिय बमं बहादुर दर्लामीले बताउनु भयो । बर्षालका समयमा छिमेकीका घरमा सरण लिएर परिवार जोगाएको वहाँले बताउनु भयो ।
खरको छानो फेर्ने कार्यक्रम अलपत्र हुँदा गरिबले दुःख पाएका छन् । संघिय सरकारको गरिबका खरको छानामा जस्ता फेर्ने कार्यक्रमका लागि गरिब परिवार छनोटमा राजनितिक हुँदा कार्यक्रम अलपत्र परेको हो ।
स्थानिय पालिकाले छनौट गरि सिफारिस गरेको आधारमा प्रति परिवार ५० हजार रुपैंया संघ सरकारले पालिकाहरु मर्फत बजेट उपलब्ध गराउदै आएको छ । तर कार्यान्वय गर्ने कुरामा पालिकाहरुले अग्रसरता नदेखाउँदा गरिबले दुःख पाएका हुन् । खरका छाना भएका परिवार छनौटमा पालिकाले वडा अध्यक्षको संयोजकत्वमा समिति बनाएर लगत संकलन गरेको जीतपुरसिमरा उपमहानगरपालिका–१७ का अध्यक्ष नवराज खड्काले बताउनु भयो ।
तर वडा स्तरमै गरिबका घर छनौटमा भेदभाव गरिएको भन्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने संघिय सांसदले आपत्ती जनाएका कारण अघिल्लो बर्ष कतिपय पालिकाबाट गरिबका घर छनौंट सिफारिमा ढिलाई भएको श्रोतले बतायो । संसदहरुको आपत्तीपछि पुनः गरिब घर छनौट गरी पठाईएको थियो । गतबर्ष कतिपय स्थानमा गरिब सिफारिमै राजनिति भएपछि कार्यक्रम कार्यान्वयन हुन नसकेको श्रोतको भनाई छ ।
यता कार्यक्रमका जिल्ला संयोजक समेत रहनु भएका संघिय संसद रामबाबु यादवले भने आफुहरुको कुनै किसिमको आपत्ती नरहेको बताउनु भयो । “कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा भुमिका निर्वाह गर्दै बढि भन्दा बढी गरिबलाई सेवा पु¥याउने योजनाका साथ काम गरि रहेकाछौं” वहाँले भन्नु भयो ।
वहाँका अनुसार क्षेत्र नं. ३ अन्तरगतको कलैया उपमहानगरपालिका, फेटा गाउँपालिकामा दुई बर्षदेखि कार्यक्रम कार्यान्वनमा रहेपनि जितपुरसिमराले बेवास्था गर्दा समस्या भएको हो । वडाहरुले गरिबघर छनौट गरेर प्राविधिक मुल्याङ्कन अनुगमन गरि पालिकाका मार्फत फारम पठाउनु पर्ने थियो । काम गर्न जीतपुरसिमरा उपमहानगरपालिका तयार देखिएन । क्षेत्र नं.३ अन्तर सो पालिकाको ८ वार्डबाट ३ सय ५० परिवारमा काम गर्नुपर्ने छ, संसद यादवले भन्नुभयो । अनेक प्रयास गर्दा वडा नं.१८ बाट ५० जनाको विवरण प्राप्त भई कार्यान्वयनको चरणमा रहेको वहाँले जानकारी दिनुभयो ।
पालिकामा बजेट आएको तर यसबर्षको जिल्ला दरभाउ टुङ्गो नलाग्दा कार्यान्वयनमा आउन समस्या भएको थियो । दरभाउ निर्धारणको काम दुईदिन अघि टुङ्गो लागेर आएको हुँदा अबछिटै प्राविधिक मुल्याङ्कन गरि छाना फेर्ने कार्यक्रम कार्यान्वयनमा आउने जितपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय