२० कार्तिक २०७८
शनिबार,बारा
रक्षानको खाल्टोमा जमेको पानीमा डुबेर पाँच बर्षिय बालिकाको ज्यान गएको छ । सुक्रबार साँझ जीतपुरसिमरा उपमहानगरपालिका १८ को पराँसका मनद मण्डलको छोरी अन्जली कुमारीको खाल्टोको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
धाराको पानि निकासका लागि घर नजिकै खनिएको खाल्डोमा बालिका डुबेको अवस्थामा उनकै हजुरआमाले देखेर निकालेकी थिईन् ।उनको ज्याई गएको देखेपछि हल्लीखल्ली भएको हो । अपाङ्ग समेत रहेकी बालिका खेल्ने क्रममा त्यहाँ पुगेको हुन सक्ने प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि सुक्रबार राती जिल्ला अस्पताल कलैया पठाईएको जैतापुर प्रहरीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक रामविस्वास साहले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय