मनहर्वा,बारा
२८ कार्तिक २०७८
प्रहरीले ३ सय ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
गएको दशैंपछी विभिन्न स्थानबाट बरामद गरिएको अबैध मदिरा आईतबार विहान प्रहरी चौकी जैतापुरले नष्ट गरेको हो ।
३३ वटा साना ठुला भाँडामा रहेको मदिरा खाल्डो पोखेर नष्ट गरिएको प्रहरी चौकी जैतापुरका ईन्चार्ज असई रामविश्वास साहले जानकारी दिनु भयो ।
चौकी परिषरमानै खाल्डो खनेर उक्त परिमाणको मदिरा नष्ट गरी प्लास्टीका भाँडा समेत जलाईएको छ ।
स्थानिय समाजसेवी, जनप्रतिनीधि र पत्रकारको रोहवरमा उक्त कार्य सम्पन्न भएको वहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय