
बारा
२८ कार्तिक २०७८
सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा कोल्हबी नगरपालिका–१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति साडे ८ बजे जिल्लाको कोल्हबी नगरपालिका–१ कोल्हबी चोकबाट दक्षिणतर्फको गाउँ श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ न.को मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा भएको थियो । ३ जना सवार मोटरसाईकल अनियन्त्रित हुँदा वडा नं. १को बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।
दुर्घटनामा परि मृतक चौधरीद्वय र कोल्हवी–९ बस्ने अर्का २० वर्षीय अशोक चौधरी समेत गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि बिरगजं स्थीत नारायणी अस्पताल पठाइएको थियो । उपचारका क्रममा दुईजनाको आईतबार विहान मृत्यु भएको बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले जानकारी दिनुभयो ।
उनीहरुको टाउकोमा गम्भीर चोट लागेका थियो । घाईते अशोकको हात छाती तथा मुखमा चोट लागेको अवस्थामा उपचार भइरहेको वहाँले जानकारी दिनु भयो ।
शनिबार सवारी दुर्घटनाका घाईते कलैया उपमहानगरपालिका– ९ ,बस्ने ४५ वर्षीय रामबालक मण्डलको पनि मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

