बसन्त लामा सिंगौल,बारा
१ मंसिर २०७८
निजगढ नगरपालिका वडा नम्बर ३ स्थित टासी धार्गेलिङ बौद्ध गुम्बामा हिजोबाट ४ दिने मेला सुरु भएको छ । अघिल्ला बर्षहरुमाझैँ यस बर्षपनि सोही दिन पारेर ४ दिने धार्मिक मेला लगाईएको हो ।
पित्रृको सम्झनामा कार्तिक पुर्णिमाको दिन तामाङ समुदायले रातभर बती बाल्ले गरेका छन् । बती बाल्ने कार्यसंगै मनोरंजनका लागि ३८ बर्ष अघिबाट मेला समेत लाग्दै आइरहेको स्थानियले बताए ।
कार्तिक पुर्णिमाको दिन आर्थिक हैसित बलियो भएकाहरु काठमाण्डौको स्वयम्भुनाथ, बौद्ध विहारमा गइ आफ्ना पित्रृको सम्झनामा बती बाल्ने गर्दछन् । भने कमजोर आर्थीक अवस्था भएकाहरुले स्थानिय गुम्बाहरुमानै पित्रृमोक्षको कामना गर्ने गरेको गुम्बा संचालक समितिका अध्यक्ष एवं प्रमुख ओमसाङ लामाले बताउनु भयो ।
गुम्बामा पित्रृको सम्झनामा बती बाल्ने कार्यका लागि सिंगौलमा रहेका तामाङ समुदायका अगुवाले आवश्यक ब्यवस्थापन गरेका छन् । उक्त स्थानमा बत्ति बाल्न र मेला भर्न छिमेकी जिल्ला मकवानपुर, रौतहट पर्सा लगायतका विभिन्न स्थानहरुबाट समेत मानिसहरु आउने गरेको लामाले बताउनु भयो ।
गतबर्ष कोराना महामारीका कारण मेला लाग्न सकेन । २०४१ सालमा गुम्बा स्थापना भएसंगै पित्रृ मोक्षको कामना गरी गुम्बामा रातभर बत्ति बाल्ने गरिँदै आएको छ । वहाँहरुको सहजताका निमित्त मेलाको समेत आयोजना हुँदै आएको वहाँले बताउनु भयो ।
गुम्बामा पित्रृको सम्झनामा बती बाल्नेहरु मात्रै नभर्ई किनमेल र मनोरंजनका लागि समेत टाडा टाडा बाट मानिस हरु आउने गर्दछन् । मेलामा रोटेपिङ, झुला ,इलेक्ट्रोनिक रेल, ड्राइग रेल र इलेक्ट्रोनिक हेलिप्याडको बेवास्था गरियको छ ।
यस्तै किनमेलका लागि स्थानिय ब्यपारिहरुका विभिन्न स्टल समेत राखिएको ३८ औं टासिधार्गेलीङ बौद्ध गुम्बा मेला बेवास्थापन समितिको अध्यक्ष जीत बहादुर लोप्चनले बताउनु भयो । गायक विजय लामा लगायत चर्चित अन्य कलाकारको मेलामा कला प्रस्तुत गर्ने कार्यक्रम रहेको वहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय