
पुष्पराज खतिवडा
बारा
३ मंसिर २०७८
भारतीय शहर दार्जेलिङ्ग बिचकुमा गुम्बाटोल माईतीघर बताउने पेमा भनिने प्रतिमा उपचारका लागि शेर्पाले आर्थीक सहयोगको याचना गरेकी छन् ।
एकबर्ष अघिदेखी बावासिर रोगबाट पिडित कलैया उपमहानगरपालिका–२२, मदिलवाका निवासी शेर्पाले उपचारका लागि सहयोगको याचना गरेकी हुन् । ३ बर्ष अघि स्थानिय बैरा पुरुष राजकुमार यादवसँग विवाह गरेकी उनको आर्थीक अभावका कारण उपचार हुन नसेकको हो ।
विपन्न यादव परिवारले उनको उपचार गराउन सकेको छैन । शर्पाले खर्च अभावमा रोगपालेर कठिन जिवन जीउँदै आएको सुनाईन् । मधेशी मुलका नेपाली यूवासँग विवाह गरेकी शेर्पासँग डेढबर्षको एउटा छोरा छ । श्रीमानको कमाई छैन । ज्यालाबनी गरेर कमाएको पैसाले विहान बेलुकीको छाक टार्नै धौधौ परिरहेको सुनाउने पेमाले प्रत्येक दिन दुखाई कमगर्ने औषधी खाएर बाँचिरहेको बताईन् ।
बाबासिरको उपचार गर्ने पैसा नहुँदा रोग पालेर बस्न बाध्य छु । मेरो शारिरिक अवस्था विग्रिएको छ । म बच्चाका लागि भएपनि बाँच्न चाहन्छु । अधिक पिडाले गर्दा रातभरी निदाउन सक्दीन ,शेर्पाले सुनाईन् । वडा कार्यालयले सहयोगका लागि उपमहानगरपालिकामा सिफारिस गरिदिएपनि त्यहाँबाट समेत सहयोग नपाएको उनले सुनाईन् ।
मत मर्छु होला । मेरो छोराका लागि भएपनि मलाई बँचाईदिनुस्, उनी भन्छीन् । उपचार सहयोग पाउने आशमा माईतीको सम्पर्कमा जान चाहेको हुँ । पैसा छैन । वहाँहरु मलाई खोज्दै हुनु होला । म भने उपचार नपाएर यतै मर्ने भँए, उनले रुँदै सुनाईन् । २०७२ सालमा नेपाल आएको बताउने शर्पाले गहभरी आँशु पार्दै खेप्नु परेको दुःख, हण्डर, चरम गरिबीले निम्त्याएको पिडा सुनाईन् । शारिरिक र मानसिक पिडा भोगीरहेको भन्दै शर्पाले सहयोगको याचना गरेकी हुन् ।
एउटी महिलाको उपचार र उनीसँग आश्रीत बालकको जीवन रक्षाका लागि सहयोग गर्न चाहने मनकारीहरुले पेमा शेर्पाका पति राजकुमार यादवको नाममा प्रभु बैंक कलैया शाखामा रहेको खाता नंं.०६१०११३०३४७०००११ { 0610113034700011- RAJKUMAR YADAV } मा रकम जम्मा गरि सहयोग गर्न सक्नुहुने छ ।

