नेकपा एमालेको प्रस्तावित सूची ईन्कार गर्दै पदाधिकारीमा उम्मेव्दारी दिएका सबै नेता निर्वाचनमा पराजित भएका छन् । अध्यक्षमा भीम रावलसँगै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका हुन् ।
महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रति असहमति जनाउँदै यी नेताले उम्मेदवारी दिएका थिए ।
मतगणना सकिँदा चारैजना पराजित भए ।
नेकपा विभाजनमा भुमिका खेलेको आरोप खेप्दैआएका रावल, भुषाल, आचार्य र कार्की सहितका एमाले नेताहरुले महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डललाई केन्द्रिय किमिटी प्रस्तावित सुचि पेश गर्ने अधिकार दिएको प्रति आप्पती जनाउँदै निर्वाचनको माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय