
२०७८ मंसिर १६
सिमरा,बारा ः नगर स्तरीय अन्तर विद्यालय फूटवल प्रतियोगिता विहिबारबाट सिमरामा सुरु भएको छ । शिक्षासंगै खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता ग्रास रुट फाउण्डेशनले आयोजना गरेको हो । प्रतियोगिताको जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख सरस्वती चौधरीले उद्घाटन गर्नु भएको छ ।
सिमरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका २४ वटा विद्यालयको सहभागिता रहेको फाउण्डेशनका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले २० हजार प्राप्त गर्नेछ । भने उपविजेतालले १० हजार प्रप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार दिईने जनाईएकोछ ।
विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडपिल्ड, फर्वाडर, हाई स्कोरर र प्रशिक्षकलाई दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्यान अफ द म्याच घोषित हुने खेलाडीले ट्रफी पाउने छन् ।
पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उद्घाटन बाहेक प्रि क्वाटर फाईनलका हरेक दिन दुई खेल हुनेछन् । पहिलो खेल दिउसो १२ः३० मा सुरु हुनेछ भने दोस्रो खेल २ बजेदेखी सुरु हुनेछ । उद्घाटन सहितका अन्य खेल दिउँसो २ बजे सञ्चालन गरिनेछ ।
प्रतियोगिता संयोजक सोनु क्षेत्रीका अनुसार हरेक खेल ७० मिनेटको हुनेछ । बालबालिकाको प्रतियोगिता भएकाले खेल समय २० मिनेट घटाइएको उनले बताए । बिहिबार उद्घाटन हुने प्रतियोगितामा पहिलो खेल दिउसो १२ः३० मा सुरु हुनेछ भने दोस्रो खेल २ः३० बजेदेखी सुरु हुनेछ ।
प्राणनाथ हार्डवेयरको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई युआर गोल्ड प्रिमियम मसला चियाले सहप्रायोजन गरेको छ । आयोजकले लुम्बिनी जनरल ईन्सुरेन्ससँगको सहकार्यमा प्रत्येक खेलाडीको विमा समेत गरेको सचिव श्याम सुवेदीले जानकारी दिए ।

