
१७ मंसिर २०७८
बाराको सिमरा विमानस्थलमा दिनहुँजसो विमान उडान र अवतरणमा ढिलाइ हुँदा हवाई यात्रु समस्यामा पर्दै आएका छन् । समयमै उडान हुन नसक्दा अत्यावश्यक काम प्रभावित हुने गरेको यात्रुहरूको गुनासो छ ।
सिमरा विमानस्थलमा हवाई उडान अवतरण निर्धारित समयमा नहुँदा यात्रुले दैनिक रुपमो हैरानी बेहोर्नु परिरहेको हो । विमानस्थलमा ६ घण्टासम्म उडान ढिलाइ हुने गरेको छ । अन्य जिल्लाका विमान स्थलमा भन्दा सिमरामा उडान र अवतरण ढिला हुने गरेको हो ।
पछिल्लो समय आन्तरिक वायुसेवा मध्येको बुद्व एयरको उडान तोकिए भन्दा ढिलो हुने गरेको गुनासो यात्रुको छ । बिहान आधा घण्टा मात्रै ढिलो भयो भने त्यसको असर दिनैभर पर्छ । विमानस्थलमा सवा ११ बजे ‘फ्लाइट’ भनिए पनि साढे २ बजे सम्मपनि जहाज नआइ पुगेको यात्रुलिन पुगेका निजगढका पत्रकार इन्दीप कोईरालाले बताए ।
यस्तै हेटैडा बाट ११ बजे उडनका निम्ती १० बजेनै सिमरा विमानस्थल आएका व्यपारी दिनेश गौतमको सोही दिन दिउसो ५ः३० बजे सिमरा आउने टिकट थियो तर समयमानै उडान नहुदाँ उनको व्यपारमा समेत धैरै असरपरेको बताउछन । उनले सिमरामा बुद्व एयरको भएको यो ढिलाई निकैलामो समयबाट भएको बताए ।
उता जनकपुर विमानस्थल जान र आउन समस्या हुने भन्दै बाराको सिमराबाट काठमाडौं जान आएका सर्लाहीका सांसद तथा पुर्व मन्त्री रामेश्वर राय यादब समेत २ घण्टा कुराईमा परेको बताउछन । विमानस्थलमा २, ३ घण्टा पर्खनु समान्य भएको यादबको भनाई छ ।
केही महीनादेखि नै निर्धारित समयमा बुद्ध एयर उडान हुन सकेको छैन । पूर्वनिर्धारित जहाजमा समस्या आउँदा अर्को जहाजले उडान गर्नुपर्ने भएकाले पनि ढिला भएको र त्रिभुवन विमानस्थलमा हुने ढिलाइले अन्यत्रका विमानस्थलमा हवाई सेवा ढिलो हुने गरेको बुद्ध एयरले जनाएको छ ।
बिहानको समयमा मान्उटेन फ्लाइट र लुक्ला उडानमा बुद्व एयरको जहाज जादाँ त्यसको असर दिनैभर सिमरा विमानस्थल आउने जहाजको उडान जुध्ने गरेका कारण समयमा उडान हुननसकेको हो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले उडान व्यवस्थापन मिलाउन १ घण्टा लगाउनु सामान्य भइसकेको छ ।
सिमरा विमानस्थलबाट काठमाडौंका निम्ती दैनिक १४ वटा नियमित उडान गर्दछन् । ९ वटा नियमित उडान बुद्धएयरले मात्रै गर्दै आएको विमानस्थल कार्यालयले बतायो ।

