सिमरा
सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा ब्राईटर एकेडेमी सिमरा र नेपाल राष्ट्रिय मा.वि.सिमरा विजयी भएका छन् ।
सिमरा रंगशालामा शनिबार दिउँसो १२ः३० मा भएको पहिलो खेलमा जीतपुरसिमरा १ पथलैयाको होली गार्डेन ईङलीस स्कुललाई १–० ले हाराउँदै ब्राईटरले पहिलो जित दर्ता गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा जितकालागि ब्राईटरलाई अन्तिम समय सम्म संघर्ष गर्नुप¥यो । खेलको ५८ औँ मिनेटमा जयराम महतोले गरेको गोल नै निर्णायक बन्यो । टिमलाई संघर्षपुर्ण जित दिलाएका महतो खेलको म्यानअफ द म्याच घोषित भए ।
शनिबार नै भएको दोस्रो खेलमा नेपाल राष्ट्रिय मा.वि. पथलैयालाई ३–१ ले हराउँदै नेपाल राष्ट्रिय मावि सिमरा विजयी भएको हो ।
सिमराको जीतकालागि साहिल मोक्तान एक्लैले २ गोल गरे । अर्को एक गोल किसन यादवले गरेका थिए ।
म्यानअफ द म्याच बनेका साहिलले खेलको २५औँ मिनेटमै पहिलो गोल गरेका थिए । लगत्तै ३६ औँ मिनेटमा किसनले एक गोल थप्दै टिमलाई २–० को अग्रता दिलाए । पथलैयाकालागि रिजन लामाले ४३औँ मिनेटमा गोल गर्दै २–१ को स्थितीमा पु¥याएका थिए । तर सिमराकालागि अन्तिम मिनेटमा साहिलले ब्यक्तीगत दोस्रो गोल गर्दा पथलैयाले ३–१ को हार बेहो¥यो ।
ग्रासरुट फाण्डेशनको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आईतबार पहिलो खेल सेन्ट पिटर्स एकेडेमी र सिमरा पब्लिक ईङलिस स्कुल विच हुने छ । यस्तै दोस्रो खेल पाथिभरा बोर्डिङ स्कुल र नोबेल एकेडेमी बिच हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।


फोटो १ ःदोस्रो खेलका म्यान अफ द म्याच साहिल मोक्तान ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय