पुष्पराज खतिवडा
बारा
१९ मंसिर २०७८
क्यान्सर पिडित बालकको उपचारमा आर्थीक अभाव भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वाका शंकर÷पार्वती कार्कीका ४ बर्षिय छोरा सुयोग कार्कीको उपचारमा आर्थीक अभाव भएको हो ।
ब्लड क्यान्सर भई उपचारका क्रममा ७ लाखबढी रकम खर्च भएको छ । बालक सुयोगको हाल काठमाण्डौं स्थीत कान्ती बाल अस्पतालमा उपचार भैरहेको छ । उनको उपचारमा आर्थीक अभाव भएपछी गाउँका अगुवाहरु चन्दा संकलनमा जुटेका छन् ।
यथासक्य सहयोगको माग गर्दै सुयोगको जीवन रक्षाका लागि अपिल गरिरहेका छौं, सहयोग संकलनमा जुटेका स्थानिय ध्रुव कार्कीले बताउनु भयो । शनिबार अबेरबाट सुरु गरिएको अभियानबाट आईतबार सम्म करिब ५० हजार रकम संकलन भएको छ । स्थानिय सामाजिक संस्थाहरु ब्यपारिहरु विच सोमबारबाट पुग्ने गरि थप कार्यक्रम बनाइएको वहाँले बताउनु भयो । बालकको जीवन रक्षाका लागि सकेको सहयोग गरिदिन तमाम आदणिय जनसमुदायसँग अपिल समेत गर्दछौं , कार्कीले भन्नु भयो ।
सामान्य आर्थीक अवस्थाको पिडित कार्की परिवारले ठुलो रकम खर्चेर बालकको उपचार गर्ने सामथ्र्य राख्र्दैन । ऋणधन गरेर उपचार गराईरहेको हुँदा सहयोग संकलन गर्नु परेको अर्का स्थानिय कृष्ण बहादुर खड्काले बताउनु भयो । रोग जोकोहीलाई लाग्न सक्छ । गरिबका लागि परेका बेला गरेको सानो सहयोगको ठुलो महत्व हुनेहुँदा सामाजिक रुपमा लागेका हौं वहाँले भन्नु भयो ।
खर्च गर्न सक्दा छोरा बचाउन सकिने डाक्टरहरुले बताएका छन् । करिब १० लाख खर्च भयो । अझै २० लाख जती रुपैंयाजती खर्च लाग्ने बताएका छन् ,बालक सुयोगको आमा पार्वती भन्नु भयो । हाम्रो छारो बाचाई दिनु्स् । हामी आभारि हुने छौं पार्वतीले रुँदै भन्नु भयो । आर्थीक अवस्था कमजोर छ । ऋणधन गरेर हाल सम्म छोराको उपचार गरिरहेका छौं, अव गाहे भो, वहाँले भन्नु भयो ।
सहयोगी मनहरुका लागि पार्वती खत्री कार्कीको नाममा कृषि विकास बैंक लिमिटेड सिमरामा रहेको खाता नं.०५०७८०१४५४६३१०१८ प्रयोग गर्न सक्नुहुने छ । थप जानकारीका लागि वालकका आफन्त ध्रुव कार्कीको फोन नं.९८४५२२५३८८ सम्पर्क गर्न सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय