२० मंसिर २०७८
मनहर्वा,बारा
कलैया उपमहानगरपालिका–२२ को भोडहामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । स्वासथ्य चौकी परिषरमा सोमबार सम्पन्न बार्षिकसभाको प्रदेशसभा सदस्य पारस साहले उद्घाटन गर्नु भएको थियो ।
प्रमुख अतिथि समेत रहनु भएका प्रदेशसभा सदस्य साहले महिलाको सहभागिता र बचत सहकारी संस्थाहरुको मुटु भएको बताउनु भयो । महिलाहरुको सहभागिता, ईमान्दारिता र बचतगर्ने बानिले सहकारी संस्था विकास र विस्तारमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । यस्तै आवद्ध सदस्यहरुको आर्थीक तथा सामाजिक जीवन रुपान्तरमा समेत महिला सहभागिताले ठुलो भुमिका खेल्ने गर्दछ । गाउँगाउँमा खुलेका सहकारी र अभियानले बचत गर्ने बानीको विकास गर्नुकासाथै महाजनी प्रथाको अन्त्य समेत गरेको साहले बताउनु भयो ।
प्रदेशसभा सदस्य साहले कुनै जादुमन्तरले काम नगरे आगामी २९ बस्ने प्रदेशसभाले प्रदेश नं.२ को सहकारी ऐन पास गर्ने बताउनु भयो । यसअघि पारित कतिपय ऐन कार्यान्यनमा नआउँदै सर्वोच्च अदालतमा मुद्दा पर्ने गरेका कारण समस्या भएको हो । सहकारी ऐन पास गर्न ढिला भएको छ । संसदिय सुनुवाई समितिबाट पारित मस्यौदा प्रदेशसभा पेश भएको लामो समय भएको हुँदा तत्काल पासगर्नु पर्छ ,वहाँले भन्नु भयो ।
कार्यक्रममा प्रदेश नं.२ तदर्थ प्रादेशिक कृषि सहकारी संघ लिमिटेडका सचिव एवं कलैया उपमहानगरपालिका–२२ का वडाअध्यक्ष पुनदेव प्रसाद रौनियार, साना किसान कृषि संघ लिमिटेड बाराका अध्यक्ष मिश्रलाल सहनी, कलैया उपमहानगरपालिका वडा नं.२१ का अध्यक्ष लालबाबु यादव, साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुरका अध्यक्ष कन्हायीलाल थारु, मनहर्वाकी अध्यक्ष नयनकला खड्का साविक भोडाहा गाविसका पूर्व जनप्रतिनी भुवाली साह, शिव विहारी चौधरी लगायतले बोल्नुभएको थियो ।
७ सय ६८ जना सदस्यहरुका विच सवा १३ करोडको कारोबार गरेको संस्थाले आव २०७७।०७८मा कमाएको मुनाफाबाट शेयरधनी सदस्यहरुलाई १५ प्रतिशत लाभाशं वितरण गर्ने सभाबाट निर्णय गरेको छ । संस्थाले सभाको अवसर पारेर विभिन्न विधामा आधा दर्जन मानिसलाई सम्मान समेत गरेको छ । यसैक्रममा सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडालाई समेत पत्रकारीताका माध्यमबाट सहकारी अभियानको विकासमा उल्लेखिय योगदान गरेको भन्दै कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।


कार्यक्रम संस्थाका अध्यक्ष विन्दासिंह राजपुतको अध्यक्ष उवं संस्थाका प्रबन्धक नगिना प्रसाद साहको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय