मनहर्वा,बारा
२० मंसिर२०७८
प्रदेश २ सरकारले बाराको कलैयामा आधुनिक बजार निर्माण गर्ने भएको छ । कृषि उपज संकलन, ब्यवस्थापन र बजारिकरणमा सहयोग गर्ने उदेश्यले बहुबर्षिय बजेटमा बजार संरचना निर्माण गर्न लागिएको हो । हाल एक करोडबाट बजार संरचना निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य पारस साहले जानकारी दिनु भयो । सोमबार कलैया उपमहानगरपालिका वडा न.२२ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पारश साहले यस्तो जानकारी दिनु भएको हो ।
कलैया उपमहानगरपालिका वडा नं.६को लहेरवाटोला रहेको पुरानो बजारको सार्वजनिक जमिनमा निर्माण गर्न लागीएको कोल्डस्टोर सहितको आधुनक बजारको डिपिआरको काम सकिएको छ । चाँडै ठेक्का प्रक्रिया पुरा गरेर काम अघि बढाईने साहले जानकारी दिनु भयो । बजार निर्माण कार्यक्रमको बजेट परिचालनको जिम्मा कृषि ज्ञान केन्द्रले गर्ने छ । यस्तै सोको नियमन र रेखदेखमा स्थानियपालिका तथा उद्योग बाणिज्य संघ समेतले गर्ने प्रदेशसभा सदस्य साहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय