बारा
२२ मंसिर २०७८
स्वास्थ्य चौकीमा औषधी अभाव भएको छ । जिल्लाको कलैया उपमहानगरपालिकाको वडा नं.२२को मटेरिया स्वास्थ्य चौकीमा सिटामोल सहितकाले अत्यावश्यक औषधी र उपचार सामाग्रीको अभाव भएको हो । सेवाग्राही स्वास्थ्य संस्थाबाट उपचार नपाएको गुनासो गरेका छन् ।
गर्भवती महिला, प्रेसर, दम, चर्मरोग र ग्यास्टीकका रोगीले सेवन गर्ने औषधी स्वास्थय संस्थामा नहुँदा समस्या भएको बताए । मटेरियाका स्थानिय अक्षयलाल महराले जीउ चिलाउने समस्या लिएर स्वास्थ्य चौकी आएको तर औधषी मलहन नपाएको गुनासो गरे ।
७६ प्रकारका औषधी र स्वास्थ्य सामाग्री उपलब्ध गराउँने सरकारी नियम भएपनि ३२ प्रकारका औषधी आउँदै थिए । त्यसमा पनि श्रावण यता धेरै प्रकारका औषधी नआएको स्वास्थ्य चौकीका सिनियर अहेव सिकेन्द्र मण्डलले जानकारी दिनु भयो ।
हाल मुस्कीलले २५ प्रकारका औषधी उपलब्ध छन् । ती औषधी पनि प्रयाप्त छैनन् । सिटामोल समेत प्रयाप्त छैन, केभनौं । चर्मरोगीहरुको संख्या अधिक छ । दैनिका १५,२० जना चर्मरोगीहरु आउने गरेका गर्नुहुन्छ । त्यसका लागि आवश्यका औषधी सकिएको धेरै भयो । त्यसैगरी प्रेसर, दम अनी ग्यास्टीकका रोगीहरुले प्रयोग गर्ने औषधी समेत लामो समय देखी स्वास्थ्य चौकीमा छैन, अहेव मण्डलले भन्नुभयो ।
घाउचोटका विरामीको प्राथमिक उपचारका लागि आवश्यक समाग्री छैन । घाउ सिउने सियो समेत स्वास्थ्य चौकीमा नभएको वहाँले बताउनु भयो । हामीले नगरपालिकामा डे«सिङ्ग सेट माग गरेको धेरै भयो । पाएका छैनौं ।
त्यस्तै तराजु नहुँदा गर्भवतीको गर्भको अवस्था परिक्षण समस्या भैरहेको छ । गर्भवतीको नियमित तौल परिक्षण गर्नु पर्ने काम एकबर्ष देखी तराजु नभएकै कारण रोकिएको वहाँले बताउनु भयो ।
सुत्केरी सेवा संचालनका लागि वर्थीङ्ग सेन्टर स्विकृत छ ,तर संचालनमा आउन सकेको छैन । २०७८ मंसिर १५ भित्र वर्थीङ्ग सेन्टर संचालनमा आईसक्नु पर्ने थियो । दक्ष कर्मचारी अभावमा त्यसो हुन सकेको थिएन । अव चाँडै संचालनमा ल्याउँदैछौ कलैया उपमहानगरपालिका स्वास्थ्य संयोजक प्रेमचन्द्र जैसवालले बताउनु भयो । औषधीको अभाव नरहेको भन्दै जैसवालले स्वास्थ्य चौकीले माग गरे औषधी अभावको समस्या समाधान गरिने उनले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti