२३ मंसिर सिमरा
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवाना र राष्ट्रिय विभुति शिक्षा सदन डुमरवाना, सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा पुगेका छन् ।
बिहिबार भएको प्रि–क्वाटर फाईनल खेलमा सिमरा पब्लिक ईङ्लिस स्कुल (एसपिईएस) लाई २–० ले हराउँदै नेरामाविले क्वाटर फाईनलमा स्थान बनाएको हो । त्यस्तै राष्ट्रिय विभुति शिक्षा सदनले नोबेल एकेडेमीलाई ३–० ले पराजित गर्यो ।
नेरामाविलाई जित दिलाउन करण चौधरी एक्लैले दुई गोल गरे । खेलको सुरुवाती समयमै गोल गरेर अग्रता बनाएका करणले ४५ मिनेटमा अग्रता दोब्बर पारे ।
मैदानमा राम्रो प्रदर्शन गरेको (एसपिईएस) ले गोलकालागि अवसर बनाउन नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्यो ।
टिमलाई२–०को जित दिलाएका करण नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
उता राष्ट्रिय विभुतिको जितमा राजकुमार चौधरीले दुई गोल गरेका थिए । केशव चौधरीको नाममा एक गोल रह्यो ।
खेलको म्यान अफ दिम्याच राजकुमार चौधरी घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार एक खेल हुनेछ । दिउसो २ः३० माहुने खेलमा बारा एकेडेमी पिलुवा र न्यु एकता बोर्डिङ स्कुल खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय