२४ मंसिर, सिमरा
सिमरामा जारी अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा न्यु एकता ईङ्लीस स्कुल सिमराले पिलुवाको बारा एकेडेमीलाई हराएको छ । यससँगै प्रतियोगिताको क्वाटर फाईनल समिकरण पुरा भएको छ ।
सिमरा रंगशालामा शुक्रबार भएको खेलमा बारा एकेडेमी माथी ४–० को जित निकाल्दै एकता क्वाटर फाईनलमा पुगेको हो ।
एकतालाई जिता«उन निरज राम एक्लैले दुई गोल गरे । सुजन खत्री र बब्लु पासवानको नाममा १÷१ गोल रह्यो । उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलको म्यानअफ द म्याच एकताका कौसुप श्रेष्ठ बने ।
ग्रासरुट फाउण्डेसनको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार देखी क्वाटर फाईनलका खेल सुरु हुनेछन् । सेमीफाईनल प्रवेशकालागि हुने पहिलो खेलमा नेपाल राष्ट्रिय मावि बकुलिया र एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमी बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय