बारा
२४ मंरि २०७८
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१२मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुर बाराको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सुक्रबार संस्था परिषरमा सम्पन्न बार्षिक साधारणसभाको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले उद्घाटन गर्नु भएको हो ।
अघिवेशन सहितको बार्षिक साधारणसभाले आगामी चारबर्षका लागि जयकिसुन चौधरीको अध्यक्षतामा ११ सदस्य संचालक समिति निर्वाचित गरेको छ । पूर्व अध्यक्ष कन्हायीलाल थारुलाई ५ मतलेपछि पार्दै चौधरी संस्थाको अध्यक्ष बन्नु भएको हो ।
समुह, अन्तर समुहबाट छानिएका ११ संचालक प्रतिनिधिहरुका विचमा अध्यक्ष पदका लागि मात्रै मतदान भएको थियो । तीनै ११ जना मध्ये आफु सहित ८ मत चौधरीले पाउनु भएको थियो । थारुले मात्रै ३ मत पाउनु भयो । उपाध्यक्ष पदमा शुशिला चौधरी निबिरोध निर्वाचित हुनु भएको छ ।
यस्तै समितिको सदस्यहरुमा मीना देवी चौधरी, शम्भुराज सहनी, कन्हायीलाल थारु, बसन्ती कुमारी चौधरी,कविता चौधरी,सीता पुडासैनी,उषा कुमारी राय, विभा गुप्ता सोथाई निर्वाचित हुनु भएको छ । त्यसैगरी ३ सदस्य लेखा शुपरिवेक्षण समितिको संयोजकमा गुमा देवी शर्मा, सदस्यहरुमा नीतु कुमारी यादव र योगेन्द्र यादव चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
२ हजार २१ जना सदस्य भएको संस्थाले झण्डै ३५ करोडको कारोबार गर्दै आएको छ । ४ करोड ३ लाख आम्दानी र ३ करोड १४ खर्च गरेको संस्थाले ८९ लाख २० खुद मुनाफा गरेको सभामा जानकारी गरायो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेडौंडाका प्रबन्धक कृष्णकुमारी शर्मा,साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, कोषाध्यक्ष एवं साना किसान मनहर्वाकी अध्यक्ष नयनकला खड्का, साना किसान डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछाने, साना किसान ईनर्वासिराका अध्यक्ष संजिला खातुन, हरैयाका उपाध्यक्ष रामएकवाल चौधरी लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti