पुष्पराज खतिवडा
मनहर्वा,बारा
८ पौष २०७८

विद्यार्थीहरुको एक समुहले बालविवाह विरुद्धको जनचेतना मुलक सडक नाटक प्रस्तुत गरेका छन् । कलैया उपमहानगरपालिका २४ स्थीत नेपाल राष्टिय माध्यमिक विद्यालय मनहर्वाका छात्रछात्राहरुले विहिबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को पराँसमा सडक नाटक प्रस्तुत गरेका हुन् । नाटक मार्फत छात्रछात्राले लोभ, लालच र दवावमा उमेर नपुग्दै गरिने बालविवाह गरेर अपराध नगरियोस् भन्ने सन्देश दिने प्रयास गरे । उनीहरुले नाटक मार्फत अनुचित लेनदेन र दवावमा आफ्ना सन्तानको उमेर नपुग्दै विवाह नगर्न अविभाकहरुलाई सुनाए ।

जनजागण यूवा क्लब तेतकुवा बाराले सहयात्रा परियोजनाको सहयोगमा विद्यालयको कक्षा ४, ५, ८ र ९ मा अध्यायनरत विद्यालय स्तरिय प्रगती बाल क्लबमा आवद्ध छात्रछात्रहरुको सहभागितामा सडक नाटक तयार पारेको हो ।
२० बर्ष पुगरपछी मात्रै नेपालको कानुनले विवाह गर्ने उमेर तोकेको छ । तर पनि समाजमा बालविवाह अझै नरोकिएको हुँदा स्कुलले बालबालिका मार्फत चेतना अभिवृद्धि गर्दै समाज रुपान्तरण गर्ने प्रयास गरिएको जनाजागण यूवा क्लबकी सामुदायिक परिचालक मिना गुप्ताले बताउनु भयो ।
उमेर नपुग्दै गरिने बालबिवाहका कारण किशोर किशोरीहरुको स्वास्थ्य शिक्षामा नराम्रो असार पर्नुका साथै अनेक समस्या भोगीरहेका छन् । कानुन भएरपनि अभाव,गरिबी र अशिक्षाका कारण समाजमा चेनताको अभाव छ । त्यसैको विरुद्धमा बालबिवाह विरुद्ध जनजागण यूवा क्लबले विषेश परियोजना मार्फत यस्ता कार्यक्रम निरन्तर गर्दै आईरहेका गुप्ताले बताउनु भयो ।
नाटकमा शैलेन्द्र पटेल, कसित चौधरी, मनिष यादव, अन्तीमा महत्तो, निशा दास, राहुल चौधरी शिव चौधरी, कुसुम विक, अनुस्का चौधरी लगायत एक दर्जन छात्रछात्राले अभिनय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय