पुष्पराज खतिवडा
बारा
९ पौष २०७८
विद्युतिय कर प्रणालीमा सहभागी भएको विलविजग (अनलाईन बिल) नभएका नदिजन्य पदार्थ ढुवानी गर्ने सवारीलाई विहिबार दिनभर प्रहरीले नियन्त्रण लियो । जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा प्रहरीले जिल्लाका विभिन्न स्थानमा सयौं सवारी नियन्त्रणमा लिएको हो । सुक्रबार समेत प्रहरीले निग्रानी बढाएको पाईएको छ ।
विहिबार विहान सबेरैबाट पिलुवा कलैया सडक खण्डको बडहर्वामा मात्रै दुई दर्जन टिपर र टेक्टर दिनभर प्रहरीले नियन्त्रणमा लिएर बेलुकी छाडेको थियो । सिमरा, निजगढ पथलैयामा त्यस्ता सवारी रोकिएका हुन् । यसरी रोकिएका सवारीहरु ठेकेदार कम्पनीले बिधुतिय कर प्रणालीमा सहभागी भएको विल बिजक दिएपछी मात्रै छाडिएको प्रहरीले जनाएको छ ।
नदिजन्य पदार्थ बालुवा, ढुङ्गा तथा गिट्टी विक्रि गर्दै आएका ठेकेदार कम्पनीहरुले खोलामै सामान्य विल दिएर कारोबार गर्दै आएका थिए । खोलाबाट सोझै नदिजन्य पदार्थ विक्रि वितरण गर्न नपाईने कानुनी ब्यवस्था छ । राजश्व छली भैरहेको पाईएपछी कडाई सुरु भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
राजश्वछली, विना ईजाजत उत्खनन्, आवश्यक विलजिक विनै ढुवानी, ट्राफिक नियम पालनामा लपारवाही भैरहेको पाईयो । राज्यको निर्देशित कानुनको पालनमा कडाईका साथ सहजिकरणको नियमित प्रयास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेडाँईले बताउनु भयो ।
जिल्ला समन्वय समिति बाराले पालिकाहरुलाई नदिजन्य पदार्थ विक्रि वितरणमा विद्युतिय कर प्रमालीमा लागु गर्न पटकपटक दिर्नेशन दिँदै आएको थियो । तर सोको पालिका र ठेकेदारहरुले बेवास्था गर्दै आए थिए । गत सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालको अध्यक्षतामा बसेको जिल्ला अनुगमन समितिको बैठकले कर प्रणालीलाई प्रभावकारी बनाउन विद्युतिय विलविजक अनिवार्य गर्ने निर्णय गरेको थियो । नदिजन्य पदार्थको निकासीमा थप कडाई गर्ने सहित आवश्यक नियम पालनामा कडाई गर्ने बैठकको निर्णयसँगै प्रजिअ कटुवालको निर्देशनमा प्रहरीले बुधबारबाट कडाई थालेको हो ।
जिल्लाको निजगढ र कोल्हवी नगरपालिकाले बकैया खोलामा आफ्नो क्षेत्राधिकार भित्र ठेक्का मार्फत नदिजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणको जिम्मा दिएका छन् । तर कर संकलनमा लापरवाही गरेको पाईएको सहायक प्रजिअ सेडाईले बताउनु भयो । सरकारले जदिजन्य पदार्थ विक्रि वितरणमा कर प्रणालीलाई प्रभावकारी बनाउने निर्देशन गरेको छ । सरकारी निर्देशन पालनामा पालिका र ठेकेदार कम्पनीहरुले आनाकानी गरेपछी जिल्ला प्रशासन कार्यालय सक्रिय बनेको वहाँको भनाई छ ।
फोटोमा ःप्रहरीले जितपुरसिमरा १८को बडहर्वामा विहिबार रोकेका नदिजन्य पदार्थ लोड गरिएका सवारी ।