पुष्पराज खतिवडा
बारा
९ पौष २०७८
जितपुरसिमरा उपमहानगगरपालिकामा प्रदेशकै उत्कृष्ठ माटो फेला परेको छ । माटो तथा मल परिक्षण प्रयोगशाला राजविराजले सुक्रबार जीतपुरसिमरा उपमहानगरपालिको वडा नं.१८को बडहर्वामाआयोजना गरेको निःशुल्क माटो परिक्षण शिविरमा वडा नं.१७ र १८ का १ सय ४१ जना किसानको खेतबाट संकलित माटोको नमुना परिक्षणबाट यस्तो नतिजा निकालेको हो ।
प्रदेश नं.२ को राजविराजमा रहेको प्रयोगशालाका प्रमुख एवं माटो विज्ञ सुनिल कुमार सिंहले प्रदेशकै उत्कृष्ठ माटो फेला परेको बताउनु भयो । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजिकरण एवं कृषि ज्ञान केन्द्र बाराको सहभागितामा प्रयोगशालाले सहकारीका कृषि प्राविधिकहरुको समुहले संकलन गरेको माटो परिक्षण गरेको हो ।
माटो विज्ञ सिंहले भन्नु भयो “माटोको नमुना परिक्षण गर्दा ८० प्रतिशत बढी नमुनामा पि.एच.अर्थात अम्लीय पदार्थ सुन्तुलित पाईएको हो । ” “प्रदेश नं.२ को माटोको समग्र पि.एच.६०–७० प्रतिशत छ । तर यसक्षेत्रमा मात्रै ८० प्रतिशतबढी पाईयो । जुन उत्कृष्ठ हो,” वहाँले भन्नु भयो । नतिजाले यसक्षेत्रका किसानले खेतमा प्राङ्गारिक मलको प्रयोगमा विशेष ध्यान दिने गरेको देखियो । यस्तै रसायनिक मल सन्तुलित रुपमा प्रयोग भएको पाईयो । माटो परिक्षणको नतिजाले सचेत किसानहरुले खेती गर्ने गरेको देखाएको सिंहले बताउनु भयो ।
माटोमा शुन्य देखी १४ प्रतिशत अम्लीय पदार्थ हुने गर्दछ । माटो विज्ञ सिंहका अनुसार ०–६.४ र ७.६–१४ प्रतिशत अम्लीय माटोलाई हानिकार मानिने गरिन्छ । यस्तो माटोमा जतिसुकै मेहनेत गरेपनि अपेक्षाकृत उत्पादन लिन सकिँदैन । ६.५–७.५ सम्मको माटोलाई तठस्थ अर्थात सन्तुलित माटो मानिन्छ । यस्तो माटोबाट सबै खाले बोटो विरुवाले उत्पादन दिने वहाँले बताउनु भयो ।
सन्तुलित माटोमा हालिने मलबाट सहजैसँग बोट विरुवाले चाहिने तत्व लिन सक्छन् । तर अम्लीय माटोमा विरुवाले सहजरुपमा पोषक तत्व ग्रहण गर्न नसक्ने हुँदा उत्पादनमा हस आउने सिंहले बताउनु भयो । माटोमा अम्लीय पदार्थ परिक्षणबाट थाहा हुने हुँदा समान्यतया बालि लगाउनु पूर्व माटोको परिक्षण गर्नु पर्ने छ । त्यसो गर्न संभव नभएपनि बर्षमा एकपटक अनिर्वा माटोको परिक्षण गराएर आवश्यक उपचार गर्नुपर्ने वहाँले बताउनु भयो ।
अम्लीय माटोलाई सुधार गर्न कृषि प्राविधिकको सल्लाहमा आवश्य कृषि चुनको प्रयोग गर्न सकिने छ । यसका साथै अत्यावश्यक पदार्थ नाईट्रोजन, फस्फोरस एवं पोटाँसको मात्रा माटोमा भए नभएको पत्ता लगाई आवश्यक मात्र प्रयोग गरेर माटो सुधार गर्न सकिने वहाँले बताउनु भयो ।
शिविरमा प्रयोगशालाका प्रमुख एवं विज्ञ सिंह सहितका ४ जना ,सहकारी संस्थाका कृषि प्राविधिक जलेन्द्र चौधरी, तालिम प्राप्त संचालक शर्मिष्ठा दाहाल एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कृषि विषयमा अध्याउयनरत आधा दर्जन छात्रछात्राहरुले माटो परिक्षण गरेका थिए । माटो परिक्षण घुम्ती प्रयोगशालाको सुविधा सहितको बसबाट सेवा दिईएको सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।
फोटोमा ः विहिबार माटो परिक्षण गर्दै प्राविधिक एवं घुम्ती प्रयोगशाला भएको बस ।