
पुष्पराज खतिवडा
बारा
१२ पौष २०७८
विरुवा मर्न थालेपछि डिभिजन वन कार्यालय बारा र हलखोरिया साझेदारी वन समितिले टेन्कीमा पानी बोकेर विरुवामा सिंचाई थालेका छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ कुस्माडी नजिकै पसाह खोला किनारमा करिव २१ हजार विरुवा रोपिएका थिए । २०७८ भाद्र २२ गते वन कार्यालयले निजामती सेवा दिवस २०७८ को अवसरमा रोपिएका ती विरुवा मर्न थालेपछि सिंचाई गरिएको हो ।
१५ हेक्टर क्षेत्रफलमा लगाईएका बनस्पती प्रजातीका विरुवा मर्न थालेपछी पानीहालेर बचाउने प्रयास थालिएको डिभिजन वन कार्यालय बाराका प्रमुख मंजुर अहमदले जानकारी दिनु भयो । विगत ५ दिनबाछ साझेदारी वन समितिको टेन्करमा पानी भरेर विरुवामा सिंचाई गर्ने कार्य भैरहेको छ ।
पसाह खोलाले धार परिवर्वन गरेको क्षेत्रमा लगाईएका मलेसियन साल(महुवनी) , टिक, सिमल, अमला, जामुन, श्रीरिस लगायतका विरुवा सुख्खाका कारण मर्न थालेको पाईयो । पानि हालेर जोगाउने प्रयास भैरहेको वहाँले बताउनु भयो । रोपेजती सबै जाग्दैनन् । जागेका सबै हुर्कन सक्दैनन् । तरपनि पानी हाल्ने । मरेका स्थानमा पुनः विरुवा लगाउने काम भैरहेको डिभिजन वन प्रमुख अहमदले बताउनु भयो ।
खोलाले धार परिर्वन गरेको क्षेत्रलाई तारबार सहित शंरक्षण गरि विरुवा लगाईएको हो । लामो समय देखी पानि नपरेका कारण विरुवा जोगाउन समस्या भैरहेको ईलाका वन कार्यालय डुमरवानाको वन रक्षक श्रीभगवान् यादवले बताउनु भयो । विरुवा जोगाउने कार्यमा जिल्ला वन, हलखोरिया साझेदारी वन समितिका कर्मचारी मिलेर दैनिक रुपमा सबै विरुवमा ३ देखी ५ लिटरको दरमा पानि हालिएका छौं । प्रतिफल सकारात्मक देखिएको वहाँको भनाई थियो ।
जिल्ला वन कार्यालय बाराले जितपुरसिमरा १८ मा १५ र कोल्हवीमा ३० गरी ४५ हेक्टर क्षेत्रमा वृक्षरोपण गरेको थियो ।


फोटोमा ः विरुवमा टेन्कीको पानीबाट सिंचाई गर्दै वन कर्मचारी ।