पुष्पराज खतिवडा
१६ पौष २०७८
बारा
कम्युनिष्टहरुको स्वार्थी एकताले देशमा जोखिम निम्त्याएको नेपालीका काँग्रेसका नवर्निवाचित सहमहामन्त्री फरमुल्हा मंसुरले बताएका छन् । मंसुरल सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक जिल्ला आएका हुन् । सुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका १८ को बडहर्वामा कार्यकताले आयोजना गरेका विशेष समारोहमा बोल्दै उनले भने “एमाले र माओवादीको एकता देश बनाउन थिएन, हामीले पहिलेनै भनेका थियौं । अहिले त्यो कुरा वास्तविक सवित भयो ” । नचाँहदा पनि स्वार्थी एकताले निम्त्याएको जोखिम समाधानको जिम्मा काँग्रेसको काँधमा आएको छ, उनले भने ।
काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र कमजोर भएको भन्दै मंसुरले आगामी निर्वाचनबाट तिनै तहको सरकारको जिम्मा लिनु पर्ने बताए । “एमाले र माओवादीहरु काँग्रेससँग एक्ला एक्लै भिड्ने क्षमतामा आज पनि छैन । उनीहरु विचको कलहले लोकतन्तलाई धरापमा पार्ने प्रयास भयो । काँग्रेसका नेता एवं सभापनि देउवाले उचित समयमा उचित निर्णय लिएकै कारण थप संकटबाट देशलाई जोगाउन सकियो ”मंसुरले भने ।
करिब ३५ लाख लोकप्रिय मत पाएको नेपाली काँग्रेसले हारेको होईन । दुई कम्युनिष्ट घटकको एकताले प्राविधिक रुपमा कमजोर मात्रै भएको उनको भनाई थियो । आगामी निर्वानपछी जनअपेक्षा मुताविक समृद्ध नेपाल निर्माणको अगुवाई काँग्रेसले गर्ने ठोकुवा गर्दै पूर्वमन्त्री समेत रहेका मंसुरले जनलहर निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।
सुक्रबार अपराहन्न हेलिक्टर मार्फत जिल्ला आएका उनले बाराको अम्लेखगजंमा ओलिएर कार्यकता भेटघाट सुरु गरेका थिए । सोही क्रममा मंसुरलाई अम्लेखगजं, सिमरा , बडहर्वा र सदरमुकाम कलैयामा नेपाली काँग्रेसका कार्यकताले स्वागत गरेका थिए ।
मंसुर नेपाली काँग्रेसका सभापति देउवा निकट नेता हुन् । स्वर्गिय नेता एवं पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको निकट रहेर राजनिती गरेका थिए । कोईरालाको मृत्युपछि शक्तीमा आएका देउवाको पछि लागेका मंसुरले पटकपटक देशको महत्वपूर्ण जिम्मेवारी पाएका छन् । काँग्रेस भित्र चतुर नेताका रुपमा परिचित नेता मंसुरले यसपटको काँग्रेस महाधिवेशनबाट मुस्लीम कोटामा २ हजार ७७६ मत प्राप्त गरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् , एक काँग्रेस कार्यकर्ता भने ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti