
बारा
१६ पौष २०७८
नेकपा एमाले सम्बद्ध पत्रकारहरको संगठन प्रेस चौतारी नेपाल बारा शाखाको बिहीबार सिमरामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले पुनः दिवाकर भण्डारी सर्वसमत नेतृत्व सुम्पेको छ । पत्रकार भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन समेत गरेको छ ।
समितिको उपाध्यक्षमा राधेश्याम पटेल, महिला उपाध्यक्षमा निलिशा बर्मा, सचिवमा अनिल तिवारी, कोषाध्यक्षमा थानेश्वर सापकोटा र सहसचिवमा इन्दिप कोइराला र रेणु चौधरी (समावेशी सहसचिव) चयन हुनुभएको छ ।
त्यसैगरी जिल्ला कार्यसमितिको सदस्यमा सिकिन्द्र साह, जिउत यादव, हृदयनारायण साह, श्रीराम रेग्मी, तुलसा घिमिरे, श्याम गुप्ता, मिनाक्षी चौधरी, रामप्रसाद पोखरेल, धिरेन्द्र तिवारी, रामेश्वर राउत कुर्मी, शम्भु महतो, राजु साह कानु, शान्तकुमार सापकोटा र विपिन अधिकारी चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा गोकुल घोरसाइने, लक्ष्मी साह, पुष्पराज खतिवडा र लक्ष्मी पाण्डेलाई पनि सर्वसम्मत चयन गरेको छ ।
यसअघि अधिवेशनको उद्धाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वाला साह, नेकपा एमाले बारा जिल्ला कमिट अध्यक्ष देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष एंव प्रदेश नम्बर २ का ईन्चार्ज लालबाबु शेख, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रेस चौतारी पूर्वकेन्द्रीय उपाध्यक्ष श्रीधर आचार्य, पूर्वमहासचिव प्रमोद दहाललगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा प्रेस चौतारी बाराले स्थापना गरेको ‘विरेन्द्र साह पत्रकारिता पुरस्कार’ बाट पत्रकार शम्भु महत्तोलाई सम्मान गरिएको थियो । महोत्तोलाई चौतारीका केन्द्रय अध्यक्ष बस्नेतले ५ हजार नगद राशीको पुरस्कारसहित सम्मान गर्नुभएको हो ।

