बारा
२० पौष २०७८
नेपाली काँग्रेसको जिल्ला सभापति पदकालागि निजगढ निवासी शम्भु बहादुर बुढाथोकिले उम्मेदवारीको घोषणा गरेका छन्। जिल्लाको १४औँं जिल्ला माहाधिवेशनको लागि बुढाथोकिले सभापति पदको उम्मेदवारि घोषणा गरेका हुन्। जिल्ला सँगठन प्रमुख समेत रहेका बुढाथोकि नेपाली काग्रेस बाराको कुशल नेताको रुपमा परिचित छन्।
बुढाथोकि पहिलो सबिधानसभा निर्वाचका उपबिजेता समेत हुन् । छिनो मतान्तरमा उनि उपबिजेता बनेका थिए। बाराको राजनितिमा सक्रिय बुढाथोकि केन्द्रिय सभापति शेर बाहादुर देउवा निकट मानिन्छन्। देउवालाई केन्द्रिय सभापतिको रुपमा बिजय गराउन उनले जिल्लाबाट महत्वपुर्ण भुमिका खेलेका उनी नवनिर्वाचित सहमहामन्त्री फरमुल्ला मंसुरको आधिकारिक उम्मेदवार हुन् ।
उनीसँगै कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव र रामानन्द प्रसाद यादवले समेत काँग्रेस बाराको नेतृत्वका लागि तयारी गरेका छन् । मेयर यादव जिल्ला सभापति राधेचन्द्र यादव र अर्का यादवलाई मन्त्री उमाकान्त चौधरीको उमेदवार रुपमा चर्चा गरिँदैछ ।
संस्थापन पक्षका मानिने बुढाथोकी र मेयर यादव कस्ले टिकट पाउने निश्चीत भने भईसकेको छैन । भने ईतरपक्षका रामानन्द यादव एक्ला उमेदवार भएको एक काँग्रेस नेताले बताए । पालिका एवं क्षेत्रिय अधिवेशनको परिमाणलाई लिनेहो भने बारामा देउवा पक्ष बलियो मानिएको छ ।
यसैलाई आधार मान्दा जिल्ला सभापतिको उम्मेदवार हरुको तुलनामा संस्थापन पक्षका उम्मेवारलाई बलियो मान्न सकिने अवस्था छ । यद्यपी काँग्रेस कार्यकर्ताहरुको चाहना को प्रती देखिने हो त्यो त मतदानको परिणामले देखाउने नै छ । काँग्रेसका आम नेता तथा कार्यकर्ता बिच बुढाथोकी पनि लोकप्रिय छन्।