३ माघ २०७८
जनकपुर
प्रदेशको नाम मधेश र राजधानी जनकपुर पारित भएको उपलक्ष्यमा मंगलबार सार्वजनिक विदा दिईएको छ । प्रदेश सरकारले प्रदेश नं.२ को नाम मधेश प्रदेश र राजधानी जनकपुर प्रस्ताव गरेको थियो । सोमबार बसेको प्रदेशसभाले दुई तिहाइ मतबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुर पारित गरेपछि मंगलबार प्रदेशभर सार्वजनिक विदा घोषण गरिएको हो।
सांसद सैलेन्द्र यादवको प्रस्तावका पक्षमा ८० जनाले मतदान गरेका थिए । यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वतस् निष्क्रिय भएका छन् । मधेश प्रदेश रहने प्रस्ताव सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी, माओवादी केन्द्र र लोसपाले गरेको थियो ।
प्रदेशको नामाकरण र राजधानी तोकिएको उपलक्ष्यमा मधेश प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारका मन्त्री शैलेन्द्र साहले सामाजिक संजाल मार्फत मंगलबारको सार्वजनिक विदा बारे जानकारी दिनु भएको हो ।